आज:  | Mon, 29, Apr, 2024

आजबाट सरकारले चाडपर्वलक्षित सुपथ मूल्य पसल संन्चालन गर्दै

२१ आश्विन २०८०, आईतवार ०९:०० मा प्रकाशित ( ६ महिना अघि) ३१७ पाठक संख्या
नारी बाटिका


काठमाडौं,२१ असोज ।

आजबाट सरकारले चाडपर्व लक्षित दशैँ, तिहार र छठलगायतका पर्वमा सर्वसाधारणलाई सहज होस् भनी सुथप मूल्य पसल आइतबार देखि सञ्चाललनमा ल्याएको छ। चाडपर्वका बेला नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले सहुलियत पसल सञ्चालन गर्ने भएका हुन् ।

तिहार लगतै विशेष गरी तराई क्षेत्रमा मनाईने छटीपर्व समेतलाई लक्षित गरी आगमी मंसिर ३ गतेसम्म सहुलियत पसल सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको छ ।

यी दुई कम्पनीका काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्य दरमा खाद्यान्न लगायतका सामान बिक्री वितरण हुने बिक्री केन्द्रले जनाएको छ । राजधानीबाहिर रहेका मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रूपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा सुपथ पसल सञ्चालन हुने जनाएको छ।

यसैगरी रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा सहुलियत पसल रहनेछन् । खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको प्रवक्ता शर्मिला न्यौपानेले जानकारी दिएकी छन् ।

कम्पनीले सञ्चालनमा ल्याएका सहुलियत बिक्री कक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो, र सबै प्रकारका तेलमा प्रतिकिलो प्रतिलिटर सात रुपैयाँ तथा कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोकामा प्रतिकिलो १० छुट पाउने केन्द्रले छ।

यस्तै काठमाडौं उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र सूर्य विनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध हुनेछ । खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री तथा सामान लिन सकिने ब्यवस्था गरेको छ । कम्पनीले आज थापाथालीस्थित बागमती प्रादेशिक कार्यालयका साथै देशभरका बिक्री कक्षबाट सुपथ मूल्य पसल सञ्चालन हुदैछ ।

यस सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ। यस्तै साल्ट्र ट्रेडिङले पनि काठमाडौं उपत्यकाको सतुङ्गल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफल सहित देशभरका कार्यालयमा सहुलियत पसल सञ्चालन गर्नेछ। साल्ट ट्रेडिङ कम्पनी मार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड छुट्याएको छ। साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ मा बिक्री गर्ने गरी दर भाउ तोकेकोछ।

साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ। दुग्ध विकास संस्थानले घीउमा प्रतिकिलो २०, पनिर प्रति २०० ग्राममा २० रुपैयाँ छुट दिने कम्पनीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस