आज:  | Fri, 17, May, 2024

निलकण्ठ नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न कार्यक्रममा नगरावसीले राखे गुनासोको थुप्रो

२१ आश्विन २०८०, आईतवार २०:१७ मा प्रकाशित ( ७ महिना अघि) १३०९ पाठक संख्या
नारी बाटिका


धादिङ,२१ असोज ।

धादिङको निलकण्ठ नगरपालिकाको आज सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । साथै सार्वजनिक सुनुवाई कार्यक्रममा नगरावसीको गुनासोको थुप्रो पनि लागेको छ । नीलकण्ठ नगरपालिकाले गत आर्थिक वर्ष २०७९।०८० मा सम्पादन गरेका बिकास निर्माण कामहरुको जनताको माझमा नगपालिकाले दिएका सेवा,बिकास निर्माणका कार्यले नगरवासीहरुमा सकारात्मक बुझाई कस्तो छ भन्ने उदेस्यका साथ जनताको गुलासो सुनुवाई कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख भिम प्र.ढुंगानाले बताउनु भएको छ ।

नगर प्रमुख भिमप्रसाद ढुंगानाको अध्यक्षतामा आज भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गत आ।व।मा सम्पादन भएका कामहरु, बजेट र कार्यान्वयनको अवस्था,सम्पन्न कार्यक्रममा बारेमा नगरवासीहरु,सम्वन्धित सरोकारवालाहरु, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे,प्रहरी प्रमुख गौतम मिश्र, जिल्ला समन्वय समितीका समन्वय अधिकारी चेतनाथ अर्याल,गैरसरकारी संघ संस्थाका प्रमुख एवं् प्रतिनिधीहरु,सरकारी निकायका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।   

यस्तै नगरपालिका स्थित नारी बिकास सहकारी संस्थाका प्रतिनिहरु,नारी जागरण केन्द्रका प्रतिनिधीहरु,शिवज्वोती महिला सहकारी,निलकण्ठ वहुमुखी क्याम्पसका प्रमुख नवराज शर्मा,गैरसरकारी महाँसंघका प्रतिनिध भगवती उप्रेती,प्रमुख राजनितिक दलका प्रतिनिधीहरु,रेडियो टिभी,अनलाईन लगायतका विभिन्न मिडियाका प्रमुख एव्ं प्रतिनिधीहरको सहभागिता रहेको थियो । 

गुनासो सुनुवाई कार्यक्रममा सहभागिहरुले नियमित सेवासंगै विकास निर्माणका कामहरु वर्षायाम शुरुहुनु पूर्वनै सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेका थिए । त्यसैगिर चालू खर्च जस्तै पुंजिगत खर्चपनि पूरै गर्न सहभागिले आग्रह गरेका थिए । छलफलका क्रममा अनुदानका कार्यक्रमहरु प्रभावकारी नभएको, उपभोक्ता समितिहरु मितव्ययी बन्न नसकेको, उपलव्ध साधन श्रोतबिच सन्तुलन मिलाउन नसकेको, योजना तथा कार्यक्रमको हरेक अवशरहरुमा समाबेसिता, बालमत्री,महिलामैत्री वातावरणमैत्री संरचना बनाउन नसकेको जस्ता गुनासाहरु आएका थिए । 

सार्वजनिक सुनुवाई कार्यक्रममा नगर वासीहरुले खानेपानी ब्यवस्थापन गर्नमा सम्वन्धित कर्मचारीहरु उचित काम नगरेको,नगरपालिका भित्रका कर्मचारीहरु जनताप्रति उत्तरदायी हुन नसकेका,दनिक सेवा प्रवाहमा ढिलासुस्ती,बिकास निर्माण कार्यमा अनुगमन।निरिक्षण हुन नसक्नु,उपभोक्ता समितीहरुले गरेका बिकास निर्माणका काममा आर्थिक पारदर्शिता नभएको,अपाङतामैत्री कार्यक्रम नभएको,नगरपालिकाबाट विनियोजित बजेट मध्य खर्च नभई फ्रिज हुने गरेको,जिल्लामा काम गर्ने सवै मिडियाहरुको हैसियत र काम प्रभावकारी रहेर पनि केही मिडियाहरुलाई पाखा लउाउने काम भएको जस्ता थुप्रे गुनासाहरु आएका थिए ।

त्यसै गरी कार्यक्रममा सामाजिक विकास मन्त्रालयले वार्षिक रुपमा नै बिनियोजन गरी बजेट उपलव्ध गराउदै आईरहेको निलकण्ठ नगरपपालिका धादिङवेशी स्थित सहयात्री समाजले संन्चालन गर्दै आईरहेको सुरक्षित आवासमा रहेका महिलालाई उचित सुरक्षित नभएको,उक्त संस्थाले त्यहाँ रहेका हिंसा पिडितलाई बाहिर व्यक्तिको घरमा काम गर्न लगाउने उनिहरुलाई खान,बस्न ब्यवस्थित नभएको,मानसिक यातना दिने र बिना पारिश्रमिक काम लगाउने,बिमारी पर्दा पनि उपचार नगरी उल्टै हिंसामा पार्ने गरेको भन्दै केही समय अगाडी निलकण्ठ नगपालिकाकी हिंसा पिडित महिला आफ्नो बच्चा सहित अन्य सहयोगी संस्था  तथा नगरपालिकाकै शरमा गई उद्धारको लागी याचना गरेकी थिईन् ।

साथै जिल्ला प्रहरी कार्यलय धादिङ महिला बालबालिका सेवा केन्द्रमा आएका हिंसा िपडितलाई सुरक्षाको लागी भन्दै प्रहरीले उक्त भवनमा उठाउदै आएको छ । तर सुरक्षाको लागी भनी उक्त भवनमा राखिएका पिडितहरुनै रुदै सार्वजनिक रुपमा गुनासो आउन थालेपछी वास्बीकताको बारेमा जानकारी लिन हिंसा प्रभावितलाई राख्ने गरेको स्थान ब्यवस्थित छ की छैन ? भन्ने विषयमा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई पहिले देखिनै नै प्रश्न उठ्दै आएको छ र यस सार्वजनिक सुनुवाई कार्यक्रममा पनि अनुगमन र संवेदनसिल रुपमा लिनु पर्नेमा प्रश्न उठेको थियो । निलकण्ठ नगरपालिकाले पनि बेला बेलामा सुरक्षित आवासमा लैगिक हिंसा प्रभावितका लागी बजेट बिनियोजन गर्ने गरेको छ भने आव २०७९।०८०मा पनि ३ लाख उपलव्ध गराएको थियो ।

त्येसैगरी स्तरिय विपद व्यवस्थापन योजना, नगर गुरु योजना, औद्योगिक ग्राम, सह लगानी कोषसंगको साझेदारीमा खानेपानी योजना सञ्चालन प्रकृया, मेयर उद्यमशीलता कार्यक्रम, बहु प्राविधिक शिक्षालय लगायतमा उल्लेखनीय कार्यहरु भएको पनि छलफल भएको थियो ।

नीलकण्ठ नगरपालिकाले गत आ।व।मा १ अर्व ५२ करोड ५ लाख ४ हजार २ सय ५५ रुपैयाँ विनियोजन गरेकोमा १ अर्व १६ करोड १० लाख ६० हजार ३ सय ५९ रुपैयाँ कार्यान्वयन गरेको छ । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख ढुंगाना, उपप्रमुख दिपक विश्वकर्मा, धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, पत्रकारहरु लयायतले आआफ्ना धारणा राख्नु भएको थियो । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस