आज:  | Sat, 18, May, 2024

कृर्षी अध्ययनको लागी इजरायलमा रहेका १० नेपाली बिद्यार्थीको मृत्यु शव पहिचान गर्ने कार्य अन्तिम चरणमा

२२ आश्विन २०८०, सोमबार ०९:२४ मा प्रकाशित ( ७ महिना अघि) ७०८ पाठक संख्या
नारी बाटिका


काठमाडौं,२२ असोज ।

कृर्षी अध्ययनको लागी नेपालबाट इजरायलमा गएका १० नेपाली बिद्यार्थीको मृत्यु भएको समचार अन्तर्राष्ट्रिय माध्यमहरुले जनाएका छन् । मृत्यु भएका नेपाली बिद्यार्थीहरुको पहिचान खुलिनसकेको हुदा शव पहिचान गर्ने कार्य अन्तिम चरणमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै इजरायल घटनाका मृत्यु भएका नेपालीको शव पहिचान गर्ने कार्य अन्तिम चरणमा रहेको बताएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको हो ।

शव पहिचान गरी तत्काल नेपाल ल्याउन र घाइतेको उद्धार र उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध गरिसकेको पनि मन्त्रालयले बताएको छ ।परराष्ट्र मन्त्रीको संयोजकत्वमा समन्वय संयन्त्रको गठन भएको र त्यसले इजरायलमा रहेका नेपाली नागरिकको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

​गएको शनिबार हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । त्येसैगरी एकजना सम्पर्क विहीन छन् । दुई जना सिकिस्त बिमारी रहेको र चारजना सुरक्षित रहेको इजरायलस्थित स्थित नेपाली दूतावासले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस