आज:  | Thu, 16, May, 2024

एकै दिनमा२४हजार बढी यात्रुले अग्रिम टिकट,प्रहरीले सुरक्षाका लागी बढीवान,गोप्रो क्यामरा र ड्रोन समेत प्रयोगमा ल्याएको

२३ आश्विन २०८०, मंगलवार १९:४० मा प्रकाशित ( ७ महिना अघि) ४८१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ, २३ असोज ।

सोमबार पहिलो दिनमै  दसैँका लागि आ आफ्ना घर जान नयाँबसपार्कबाट २४ हजार भन्दा बढी यात्रुले अग्रिम टिकट लिएका छन् । नेपालीहरुको प्रमुख चाड दसैँ नजिकिदै गर्दा रोजगारीका लागी काठमाडौंमा रहेमा नेपालीहरु दशैं मान्न आ आफ्ना घर जाने तयारीका साथ चाडपर्वका बेला सबारी साधनहरुमा सिट नपाईने भएकोले अग्रिम रुपमा सोमबार पहिलो दिनमै २४ हजार भन्दा बढी यात्रुले टिकट लिएका हुन् ।

पहिलो दिनमै  काठमाडौँ गोँगबु नयाँबसपार्कबाट यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका हुन् । सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।
पहिलो दिन सोमबार मात्रै २४ हजार तीन सय ४० यात्रुले टिकट लिएको नयाँबसपार्कका सञ्चालक लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले जनाएको ।

सोमबार अग्रिम टिकट लिनका लागि आइतबार रातिदेखि नै यात्रुहरु नयाँबसपार्कमा आएर लाइन लागेका थिए । नयाँबसपार्कबाट देशको ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन गुड्ने गर्दछन् । सरकारले सोमबारदेखि लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनलाई लक्ष्य गरी अग्रिम टिकट खुलाए पनि छोटो दूरीमा जाने सवारी साधनका लागि भने घटस्थापनादेखि खुलाउने तयारी गरेको छ ।

नयाँबसपार्क क्षेत्रमा चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप जनशक्ति परिचालन गरेको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले यात्रुहरुको सुरक्षाका लागि ५० भन्दा बढी प्रहरी सादा पोसाकमा परिचालन गरिएको जानकारी दिनु भयो ।

काठमाडौँ जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजना अन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ । परिसरले विभिन्न प्रविधिको सहयोगमा आम नागरिकलाई सुरक्षित हिसाबले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्ति सहित तयार रहेको प्रहरी वरिष्ठ उपरीक्षक खत्रीको भनाइ थियो ।

प्रहरीले चाडबाडमा बढी भीडभाड हुने स्थानमा बढीवान क्यामरा, गोप्रो क्यामरा र ड्रोनबाट समेत निगरानी गर्न लागेको छ । नागरिकका सुरक्षाको लागी प्र्रहरीले बढीवान क्यामरा,गोप्रो क्यामरा र ड्रोन समेत प्रयोगमा ल्याएको जनाएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस