आज:  | Thu, 16, May, 2024

चाडपर्वको बेला राजमार्गको यात्रा सहजतको लागी जिम्मेवार निकायहरु गम्भीर रहेका

२४ आश्विन २०८०, बुधबार ०८:२६ मा प्रकाशित ( ७ महिना अघि) ५१४ पाठक संख्या
नारी बाटिका


धादिङ,२४ असोज ।

लगभग ६५ जिल्लाको सवारी साधन गुड्ने धादिङ जिल्लाकोपृथवी राजमार्गको सावारी यात्रालाई सहज र सुरक्षित बनाउन धादिङका जिम्मेवार निकायहरु गम्भीर रहेका बताएका छन् । यस विषयमा आवाश्यक छलफल गरी अघि बढ्न मंगलबार जिल्ला प्रशासन कार्यलय धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको अध्यक्षमा बैठक बसेको हो ।

बैठकमा सहभागी भएका सबै सरकोवारवालाहरुले एक भएर अघि बढ्ने जनाएका छन् । विस्तारको कार्य भइरहेको पृथ्वी राजमार्गमा सहज ढंगले दुईतफी रूपमा सवारी साधनको आवतजावतको सुनिश्चितता गर्न जिल्ला प्रशासन कार्यालय सहित तीन वटै सुरक्षा निकाय, यातायात व्यवसायी, सडक आयोजना कार्यालय लगायत निकायहरु एक भएर काम गर्ने संयुक्त निर्णय गरेका हुन् ।

केही समयदेखी राजमार्ग सडक विस्तारका काम भैरहेको छ । साथै यही सिलसिलामा सडक छेउकुनामा राखिएका निर्माण सामग्रीका कारण सवारी आवागमन अवरुद्ध हुन नदिन विभिन्न खण्डमा रहेको खाल्डाखुल्डी तत्काल पुरी सहज बनाउन र आवश्यक स्थानमा स्पीड लाइन सहित ट्राफिक संकेत, ऐना आदिको प्रबन्ध मिलाउन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सम्बन्धित सडक आयोजनाहरु तथा निर्माण व्यवसायीहरुलाई निर्देशन पनि दिनु भएको छ ।

यस्तै सडक आयोजना, निर्माण कम्पनी, यातायात व्यवसायी र सरोकारवाला निकायसँग मंगलबार संयुक्त बैठक राखेर प्रमुख जिल्ला अधिकारी गैह्रेले दशैं, तिहार, छठ लगायतका चाडपर्व मुखमै आईसकेको समयमा मानिसहरुको आवतजावत एवं सवारी साधनको चाप वृद्धि हुने हुँदा सडक सुरक्षामा केन्द्रित रहन निर्देशन दिनु भएको हो ।

यस्तै जिल्लाका अन्य सडकहरुमा समेत सहज ढंगले आवतजावतको व्यवस्था मिलाउन सडक मर्मत सम्भारको कार्यलाई तिव्रता दिई अवरुद्ध रहेका सडकहरुलाई तत्काल सुधार गराउन एवं संचालनमा रहेका सडकहरुको स्तरोन्नति गर्न सम्बन्धित सडक कार्यालय, आयोजनाहरु र निर्माण व्यवसायीहरुलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनु भयो ।

विशेष गरी चाडपर्वको समयमा सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्ने, नियम विपरित ढंगले भाडा असुल गर्ने लगायत गुनासाहरु आउन नदिनका लागी आवश्यक संख्यामा सवारी साधनको व्यवस्था गर्न सम्बन्धित व्यवसायीहरु पनि सहमत भएका छन् । अघिपछी भन्दा दशैं तिहारका समयमा मानिसहरुको आवतजावत बढेसँगै सवारी चाप समेत वृद्धि हुने र सवारी दुर्घटना समेत बढ्न सक्ने जोखिम रहन्छ ।

यस सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न यातायात व्यपारीहरूले सवारी साधनको नियमित रुपमा प्राविधिक परीक्षण गराई चुस्त अवस्थामा राख्ने, सवारी चालक तथा सहचालकलाई अनुशिक्षण र नियमित रूपमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस