
धादिङ,२७ असोज ।
धादिङको सिद्धलेक गाउँपालिका ५ कुमपुरमा मानिस भिरबाट लडेर घाईते भएका छन् । घाईते हुनेमा जिल्ला धादिङ सिद्धलेक गाउँपालिका ५ कुमपुर बस्ने अं.बर्ष ४५ को पदम ब. घले रहेका छन् ।
घले सुक्रबार दिउँसो अं. ३ बजेको समयमा धादिङ सिद्धलेक ५ कुम्पुर ऐं स्थानमा पर्ने सालघारी जंगलमा बाख्रा गोठालो जाने क्रममा उनि भिरबाट लडेका थिए । घले अं.१५ फिट तल भिरबाट खसि घाईते भएका हुन् ।
घाईते घलेलाई उपचारको लागि बेलुकी ६ः३० मा जिल्ला अस्पताल धादिङमा ल्याएकोमा सामान्य उपचारपछी थप उपचारको लागि बेलुकी ८ बजे तिर काठमाण्डौ रिफर गरिएको हो ।












प्रतिक्रिया दिनुहोस