आज:  | Thu, 02, May, 2024

ज्वती महिला विकास सहकारी संस्था लि.को २१ औं वार्षिक साधारण सभा सम्पन्न

२७ आश्विन २०८०, शनिबार १८:१० मा प्रकाशित ( ६ महिना अघि) ३०७ पाठक संख्या
नारी बाटिका


                भगवती उप्रेती
नारी वाटिका डट्कम संवाददाता

धादिङ २७ असोज

ज्वती महिला विकास सहकारी संस्था लि.को २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।निलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको ज्वती महिला विकास सहकारी संस्था लि.को २१औं वार्षिक साधारण सभा सुक्रबार धादिङवेशीमा सम्पन्न भएको हो । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०८० संस्थाका अध्यक्ष लामाले प्रस्तुत गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष तारा लामाको अध्क्ष्यतामा सम्पन्न भएको कार्यक्रमा सहकारीका सल्लाहकार मनराज भण्डारी सैलेश,धादिङ बचत संघका सचिब सान्त बिक्रम बानियाँ, स्रोतपरिचालन सहकारीका अध्यक्ष रुद्ध व.खत्री, नारी बिकास सहकारी संस्थाका अध्यक्ष भगवती उप्रेती,सहारा महिला सहकारीका प्रतिनिधी,निलकण्ठ महिला सहकारीका सचिव अप्सरा अर्याल अधिकारी लगायतको आतिथ्यता रहेको साथै सहकारीका शेयर सदस्यहरु तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।

वि.स २०५९ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी ९० लाख ४२ हजार ७ सय रुपैयाँ रहेको छ । बचत निक्षेप दायित्व ६ करोड ८३ लाख १० हजार ३ सय ४८ रुपैयाँ रहेको छ भने सहकारीको कुल पुँजी ९ करोड १० लाख ३१ हजार ५ सय ८८ रुपैयाँ रहेको सहकारीका अध्यक्ष तारा लामाले जानकारी दिनु भयो । संस्थामा १८ २२ जना शेयर सदस्य आवद्ध रहेका छन् ।

कार्यक्रममा जेष्ठनागरिक सम्मान,अशल ऋणी,अशल बचत कर्ता तथा संस्थाका विभिन्न क्षेत्रका सदस्यहरुलाई सम्मान गरिएको थियो । .साथै संस्थाका उपाध्यक्षले स्वागत मन्तव्य राख्नु भएको थियो भने सहकारीका सचिव निसा अधिकारीले कार्यक्रम संचालन गर्नु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस