आज:  | Thu, 16, May, 2024

आज घटस्थापना,हिन्दूहरूको महान् पर्व बडादशैको पहिलो दिन

२८ आश्विन २०८०, आईतवार ०७:५७ मा प्रकाशित ( ७ महिना अघि) ४५३ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती
नारी वाटिका डट्कम संवाददाता

काठमाडौं,२८ असोज ।

आज घटस्थापना, हिन्दूहरूको महान् पर्व बडादशैको पहिलो दिन । आजैका दिनबाट नेपालीको घर घरमा जमरा राखी नवदुर्गाको पुजा आरधाना गरिदैछ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आइतबार बिहान घरघरमा जौ, मकै, गहँु आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दशैं शुरू हुनेछ ।

नेवार जाती तथा केही समुदायले अहिलेबिहानको समयमा घटस्थापना गर्ने भए पनि साइतै खोज्नेहरूका लागि भने नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान ११ बजेर २९ मिनेटको शुभसाइत तोकेको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो पर्व दशैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ ।हिन्दूहरूको महान् पर्व बडादशैं आइतबार देखि प्रारम्भ हुँदै छ

आज घटस्थापनाको दिन पूजाकोठा, दशैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतैकतै भने ब्रम्हाको पनि स्थापना गर्ने गरिन्छ । विधिपुर्वक नवदुर्गाको पुजा गर्नेहरुले घटस्थापनाका दिन पूजा कोठामा घैंटो अथवा तामाको घडामा जलभरि माथिपटि आँप, चाँप, वरपिपलको पात राख्ने परम्परा छ ।

यो घडावरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ । कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ । बिहानै उठेर नुहाइधुवाइ,शरिर शुद्ध पारी पूजाकोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ उमार्ने गरिन्छ । त्यही नजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ । केही समुदायमा भने मकै र गहँु को प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ ।

त्यस्तै पुजाआजा गर्दा वा हरेक देवकार्य गर्दा जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा मान्य जनको हातबाट लगाउने गरिन्छ ।

यस नवरात्रीका नौ दिनसम्म विभिन्न नौ देवीको पूजा अर्चनापछि दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ । यसै गरी, घटस्थापनादेखि नवरात्रभरि दुर्गा सप्तसती र चण्डी पाठ गर्ने सनातन धर्मको चलन छ । सप्तमी, अष्टमी र नवमीका दिन जमरा राखेको स्थानमा नरिवल तथा कुमिन्डोको बली दिई, हात हतियार र निशानको पूजा गरिन्छ ।

सत्तेयुगमा माता दुर्गा,चण्डप्ले मैसासुर नाम गरेको दानवको नास गरी रक्तविज, चण्डमुण्ड लगायतका असुरको वध गरेकी दुर्गे भवानीको पूजा विसर्जन पूर्णपात्रो र दक्षिणा संकल्प गरी यसरी दशैंको नौ दिन पुरा गरी विजयादशमीको दिन पहिले घरका ढोकामा पुजा गरी जमरा चढाई मान्यजनको हातबाट टिका र जमरा ग्रहणगी दशैको टिकाटाला सुरु भई पाँचदिन सम्म आफुना नातागाता र मान्यजनको आतबाट आर्शिवाद लिई दशैको समापन गर्ने चलन रहीआएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस