आज:  | Thu, 16, May, 2024

वडादशैँको सममा पनि सर्वोच्च अदालतले मुद्दा सुनुवाइको लागी सेवा दिने

२८ आश्विन २०८०, आईतवार १९:०७ मा प्रकाशित ( ७ महिना अघि) ३१९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ,२८ असोज ।

सर्वोच्च अदालतले वडादशैँ विदाको सममा पनि मुद्दा सुनुवाइको लागी सेवा दिने भएको छ । बडादशैँको विदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा मुद्दा सुनुवाइ गरेर सेवा दिने भएको छ।

आइतबार सर्वोच्च अदालतले एक सूचना जारी गर्दै आजैदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहने सुचनामा जनाईएको छ।

तर शनिबार र विजया दशमीका दिनमा भने सर्वाच्च अदालत विदा हुने भएको छ । यी दिन बाहेक अन्य दिनमा बन्दीका रिट निवेदन दर्ता तथा सनुवाइ गर्न अदालत खुला रहने जनाउँदै सुचना जारी गरिएको हो ।
अदालतले अदालत खोलिएको दिनमा न्याय सम्पादनका लागि न्यायाधीशहरुको पनि व्यवस्था गरिसकेको जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस