आज:  | Thu, 16, May, 2024

काठमाडौं महानगरपालिकाभित्रका ३ सडकखण्ड विहिबार देखि एकतर्फी

२ कार्तिक २०८०, बिहीबार १९:१५ मा प्रकाशित ( ७ महिना अघि) ७३९ पाठक संख्या
नारी बाटिका


तस्वीर अनलाईन खबर साभार

काठमाडौं,०२ कात्तिक ।

विहिबारदेखी काठमाडौं महानगरपालिका भित्रका ३ सडकखण्ड एकतर्फी रुपमा संन्चालन हुने भएको छ । विषेश गरी चाडपर्वको भिडभाडलाई मध्यनजर गरी काठमाडौं महानगरपालिकाभित्रकाका ३ सडकखण्ड आजदेखि एकतर्फी रुपमा मात्रै सञ्चालन गर्ने निर्णय गरिएको हो ।

एकतर्फी संन्चालन हुने सडकखण्डहरुमा कमलादी मोडबाट प्रज्ञा भवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्ग स्थित महेन्द्र सालिकबाट कृष्ण पाउरोटी चोकभन्दा तल (काठमाडौँ प्लाजा) पुग्ने सडक एकतर्फी सञ्चालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ

उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनु भयो ।

उहाँका अनुसार त्रिपुरेश्वरतर्फबाट काठमाडौँ–ललितपुर जोड्ने नयाँ पुल (विश्व निकेतन) हुँदै गुसिङगाल निस्किने सडक एकतर्फी मात्र सवारी गुड्ने बनाइएको छ।

यसैगरी त्रिपुरेश्वरबाट प्रवेश गर्न मिलेपनि ललितपुरतर्फबाट त्रिपुरेश्वरतिर आउँदा नयाँ पुल कटेर बायाँ तर्फ मोडिएर आउनुपर्ने भएको छ,’ भट्टले जानकारी दिए । ‘

त्रिपुरेश्वरबाट ललितपुरतिर जाँदा मिलन टोल, नयाँ पुल हुँदै जानु पर्ने हुन्छ।’ प्रज्ञा भवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन र पुतली सडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब काठमाडौं प्लाजाबाट बायाँ मोडिएर महेन्द्र सालिक तर्फ जान पाइने छैन।

आजदेखी परिवर्तन भएको नियम अनुसार सडक एकतर्फी बनाइएको जानकारी दिनका लागि सडक क्षेत्रमा ट्राफिक प्रहरी र महानगरपालिकाका प्रहरी टोली खटाइएको प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताउन भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस