आज:  | Thu, 02, May, 2024

बडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा धनधान्यकी देवी महालक्ष्मीको पुजाअर्चना

११ कार्तिक २०८०, शनिबार ०७:४१ मा प्रकाशित ( ६ महिना अघि) ४५६ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती
धादिङ,११ कात्तिक ।

घटस्थापनाबाट सुरु भएको बडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा धनधान्यकी देवी महालक्ष्मीको पुजाअर्चना गरी मनाईदै छ । नेपालीको सबै भन्दा मुख्य चाड भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैं पर्व धनधान्य तथा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना सहित रात्रिमा जाग्राम बसे पुजाअर्चनापछी आजदेखि दर्शै समापन हुँदैछ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै नेपालीको मुख्य पर्व १५ दिन लामो दशैं सकिन्छ ।

हिन्दु धर्मशास्त्रअनुसार गर्नुपर्ने सबै बलिपुजा पूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुनेछ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइने गरिन्छ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व आम नेपालीले आ–आफ्नो गच्छे अनुसार मनाउँने गर्दछन्। आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्।

माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गर्नु पर्दछ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्षको पुजाआरधाना गरी आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

यस वर्ष तिहार पनि यसै महिनामा पर्ने तथा लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व रहेकोछ। यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ। आज राति जुवा खेल्ने विधान समेत रहेको प्राडा गौतमले बताउनु हुन्छ । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नु पर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस