आज:  | Thu, 02, May, 2024

विषादी सेवन गर्दा धादिङको बेनिघाट रोराङ गाउँपालिका ६ मा १ जना गम्भिर बिरामी

११ कार्तिक २०८०, शनिबार १८:५९ मा प्रकाशित ( ६ महिना अघि) ३०३ पाठक संख्या
नारी बाटिका


धादिङ,११ कात्तिक ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका ६ तारकेटारमा तरकारीमा प्रयोग गर्ने विषादी सेवन गर्दा १ जना गम्भिर बिरामी भएका छन् । सुक्रबार बेलुकी अ.८ बजेको समयमा धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका ६ तारकेटार बस्ने बर्ष ५४ को लाल बहादुर चेपाङले मदिरा सेवन गरेको नसामा तरकारीमा प्रयोग गर्ने नाम नखुलेको विषादि सेवन गरेका हुन् ।

विषादि सेवन पछी लाल बहादुर चेपाङ गम्भिर बिरामी परेपछी उनलाई उपचारको लगि मलेखु स्थित टिचिङ अस्पताल ल्याईएको थियो । तर बिरामीको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घटनास्थानमा प्रसनीको टोली खटि गएको थियो । साथै उनको उपचारमा निजको छोरा दिल बहादुर चेपाङ संलग्न रहेका छन् ।

मलेखु अस्पतालमा सामान्य उपचार पछी चेपाङलाई बेलुकी १० बजे थप उपचारको लागि टिचिङ अस्पतालमा बीर अस्पताल काठमाण्डौ पठाएको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी एवं् प्रवत्ता सन्तुलाल प्रशाद जैसवारले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस