
नारी बाटिका
धादिङ,१३ कात्तिक ।
धादिङको ज्वालामुखी गाउँपालिका वडा न २ बस्ने चन्द्र मान श्रेष्ठ आफ्नै घरबाट सालको काठ सहित पक्राउ परेका छन् । श्रेष्ले आफ्नै घरमा लुकाई छिपाई राखेको १४ ओटा सालको टिम्बा (२५.१६ क्यू फिट) काठ फेला परेको थियो ।
साथै श्रेष्ठको घरमा सालको काठ लुकाई छिपाई राखेको भन्ने खबर प्रहरीलाई जानकारी भएपछी सोही आरोपमा उनलाई आइतबार प्रहरीले काठ सहित निजलाई पक्राउ गरेको हो ।
आइतबार प्रहरी चौकी मैदीबाट खटिएको प्रहरी सहायक निरिक्षक कमाण्डमा खटी गएको गस्ती टोलिले काठ सहित निज चन्द्र मान श्रेष्टलाई नियन्त्रणमा लिई डिभिजन वन कार्यालय धादिङमा बुझाएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।








प्रतिक्रिया दिनुहोस