आज:  | Thu, 16, May, 2024

धादिङको थाक्रे ४ मा सुनको गरगहना सफा गर्ने भन्दै ठगी गर्ने २ जना पक्राउ ।

१५ कार्तिक २०८०, बुधबार १९:०८ मा प्रकाशित ( ६ महिना अघि) २८१ पाठक संख्या
नारी बाटिका


धादिङ,१५ कात्तिक ।

धादिङको थाक्रेमा सुनको गरगहना सफा गर्ने भन्दै ठगी गर्ने २ जना मानिस पक्राउ परेका छन् । यही कात्तिक १३ गते साँझ अन्दाजी ५ वजेको समयमा धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं(४ कामराङ बस्ने वर्ष १६ की सुशिला लामाको घरमा रहेको कानमा लगाउने सुनको रिङ दुईजना पुरुषहरुले सफा गरिदिने भनी ठगी गरेका छन् ।

ठगहरुले पीडितलाई ललाई फकाई गरी सुनको रिङहरु केमिकलको प्रयोग गरी सफा गरिदिई सुन ठगी गरेको भन्ने जानकारी प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय खानीखोला धादिङबाट खटिएको प्रहरी टोलीले उक्त ठगी कार्यमा सँलग्न भारतिय नागरिकलाई पक्राउ गरेको थियो ।

ठगी गर्ने भारत विहार प्रदेश मोतिहारी जिल्ला वस्ने वर्ष(२५ को राज किशोर कुमार र ऐ.ऐ. पुर्वी चम्पाहरण जिल्ला वस्ने वर्ष( २३ को पवन कुमारलाई कात्तिक गते नै जिल्ला धादिङ थाक्रे गाउँपालिका वडा नं.४ कामराङबाट पक्राउ परेका हुन् ।

उनीहरु दुवै जनालाई १४ गते धादिङ जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थपको अनुमति लिई अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
ठगहरुको साथबाट सुन पेल्ने काठ, तारको व्रस, हथौडा, चिम्टी, तेजाव, मट्टितेल समेतको दशीहरु वरामद गरिएको छ ।

साथै यस्ता कार्यबाट आम नागरिक ठगिन सक्ने भएकाले सचेत रहन जिल्ला प्रहरी कार्यालय धादिङ विशेष अनुरोध समेत गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस