
नारी बाटिका
भगवती उप्रेती
नारी वाटिका संवाददाता
काठमाडौं,१६ कात्तिक ।
ट्राफिक प्रहरी काठमाडौंले नियम उल्लङ्घन गर्ने बाह्र हजार भन्दा बढी चालकलाई कारबाही गरेको छ । पछिल्लो समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तीव्र पारिएको छ ।
लगभग दैनिक जस्तो २२ सयको हाराहारीमा ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध कारवाहीमा पर्ने गरेका छन् ।
काठमाडौँ ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक तथा उपत्यका ट्राफिक प्रहरी प्रवत्ता राजेन्द्र प्रसाद भट्टले उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरका तीनै जिल्लामा प्रहरी टोली परिचालन गरी कारबाही अभियान चलाइएको बताउनु भयो ।
भट्टका अनुसार एक साताभित्र उपत्यकामा गुड्ने विभिन्न १२ हजार भन्दा बढी सवारी साधनका चालकहरु माथि कारबाही गरिएको बताउनु भयो ।
चाडवाडका समयमा नियम उल्लङ्घन गरेर जथाभावी सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले कारबाही तीव्र पारिएको उहाख्ले बताउनु भएको छ ।








प्रतिक्रिया दिनुहोस