आज:  | Thu, 09, May, 2024

नेपाली काँग्रेस धादिङको प्रथम जिल्ला सम्मेलन कात्तिक १८ मा हुंदै

१६ कार्तिक २०८०, बिहीबार १४:५४ मा प्रकाशित ( ६ महिना अघि) ३३० पाठक संख्या
नारी बाटिका


धादिङ – १६ कात्तिक ।

नेपाली कांग्रेस,धादिङको प्रथम जिल्ला सम्मेलन हुने भएको छ । कांग्रेस जिल्ला कार्यसमिती धादिङले यही कात्तिक १८ गते धादिङवेशीको कवर्ड हलमा प्रथम जिल्ला सम्मेलनको आयोजना गर्न लागिएको हो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितीका सचिव विकास श्रेष्ठका अनुसार सम्मेलनमा जिल्लाभरबाट २२ सय ७ जना प्रतिनिधि सहभागी हुने छन् ।

साथै सम्मेलनको प्रमुख अतितीको रुपमा नेपाली केन्दीय सदस्य एवं नेता डा.शेखर कोईराले उद्घाटन गर्ने सचिव श्रेष्ठले बताउनु भयो ।

सम्मेलनमा सांगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रम सहितको राजनितिक प्रतिवेदन प्रस्तुतीकरण गरिने छ ।

सम्मेलनलाई विगतको समीक्षा र आगामी कार्ययोजना प्रस्तुत गर्ने थलोको रुपमा प्रयोग गरिने जिल्ला सचिव श्रेष्ले बताउनु भयो।

कांग्रेस, धादिङको नेतृत्वले पार्टीलाई प्रभावकारी रुपमा गाउँगाउँमा पुर्‍याउन र जिल्लामा सबैतिर देखिने, सुनिने र अनुभूति गर्ने कांग्रेस बनाउन सामाजिक र सिर्जनात्मक क्रियाकलापहरु गरिरहेको छ ।

विकास निर्माण तथा पार्टी ब्यवस्थापन चुस्त, दुरुस्त र बलियो संगठन बनाउने कामलाई अभियानको रुपमा अघि बढाउन पार्टी पंक्ति लागिपरेको जनाएको छ।
धादिङमा यसै वर्षदेखी जिल्ला सम्मेलन पहिलो पटक हुन लागेको हो। सम्मेलनमा क्षेत्रीय कमिटिबाट प्रतिनिधिहरु आउनेछन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस