आज:  | Tue, 07, May, 2024

विद्यार्थी छोज धीं को राष्ट्रिय पार्षद भेला यहि कार्तिक १८ र १९ गते धादिङबेसीमा हुदै

१७ कार्तिक २०८०, शुक्रबार ०८:०७ मा प्रकाशित ( ६ महिना अघि) ३५३ पाठक संख्या
नारी बाटिका


धादिङ १७ कार्तिक

भोली कार्तिक १८ र १९ गते नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं को २१ औं राष्ट्रिय पार्षद भेला धादिङ जल्लाको धादिङबेसीमा हुने भएको छ ।

२ दिनसम्म संन्चालित भेलामा देशभरिबाट करिब १ सय ५० जना प्रतिनिधि र पर्यवेक्षकहरु सहभागि हुने आयोजकका सदस्य रेख गुरुङले वताउनु भयो । नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धींले बिहिबार सदरमुका धादिङबेसीमा पत्रकार सम्मेलन गरी सो कुरा जानकारी गराएका हुन् ।

कार्यक्रममा बोल्दै, भेलाको व्यवस्थापक तमू विद्यार्थी छोज धीं धादिङका जिल्ला अध्यक्ष अनील तमूका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् ।

कार्यक्रममा उद्घाटन पूर्वको सांस्कृतिक झाँकि सहितको ¥याली, उद्घाटन सत्रको कार्यक्रम भेलामा सहभागीहरुका लागि खाना, खाजा, आवास सहित विविध सांस्कृतिक कार्यक्रम सहितको बन्द सत्रको कार्यक्रम तय गरिएको जानकारी दिए

धादिङ जिल्लामा आयोजित तथा जिल्ला शाखाको व्यवस्थापनमा गुरुङ समुदायको राष्ट्रिय स्तरको यो पहिलो कार्यक्रम हो । कार्यक्रमको समुद्घाटन तमू ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष कर्ण तमूले गर्ने भएका छन् ।

विद्यार्थी संगठनको कार्यक्रमको मुख्य उदेश्य सम्पूर्ण विद्यार्थी संगठनहरुबीचको पारस्परीक सहयोग र सद्भाव, गुरुङ समुदायको भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण संवद्र्धन गर्दै समग्र गुरुङ सदुदायको शैक्षिक, सामाजिक, आर्थिक, राजनैतिक र पहिचान सहितको अधिकार प्राप्तिको लागि संगठित भएको एक सामाजिक संगठन तमू विद्यार्थी संगठनको महत्व राख्नु हो ।

वि(सं(२०५२ सालमा स्थापना भएको संगठनले आजसम्म आफ्नो ११ औं राष्ट्रिय महाधिवेशन सफलता पूर्वक सम्पन्न गरिसकेको छ । यो राष्ट्रिय भेलाले संगठनको विधि, विधान र नीति निर्माण तय गर्ने नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं का केन्द्रिय अध्यक्ष विश्वराज गुरुङले पत्रकार सम्मेलनमा जनाउनु भयो ।

साथै भोली कात्तिक १८ र १९ मा हुन गैरहेको यस राष्ट्रिय पार्षद भेलालाई महत्वका साथ हेरिएको छ । यस संठनको एक महाधिवेशन सम्पन्न भए पश्चात अर्को महाधिवेशन आउनु पूर्व राष्ट्रिय पार्षद भेला गर्ने गरिएको आयोजकले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस