आज:  | Wed, 08, May, 2024

सांसद प्रदीप पौडेलले भूकम्प पिडितलाई एक महिनाको तलब सहयोग गर्ने

१९ कार्तिक २०८०, आईतवार १४:५२ मा प्रकाशित ( ६ महिना अघि) २९० पाठक संख्या
नारी बाटिका


तस्वीर : अनलाईन साभार

काठमाडौं,१९ कात्तिक ।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुक्रबार जाजरकोट भूकम्पमा परी पिडित भएकाहरुलाई आफनो एक महिनाको तलब सहयोग गर्ने हुनु भएको छ ।

सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले जाजरकोट क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी घाईते तथा समस्यामा परेकालाई सहयोग स्वरुप एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्नु भएको छ।

भूकम्पपिडितहरूलाई राहत र पुनःस्थापनाका लागि एक महिनाको तलब सहयोग गरेको नेता पौडेलले जानकारी दिएका छन्।

उहाँले भन्नु भएको छ ।,यस्तो विपत्तिको समयमा भुकम्पले क्षति पुर्याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीब्र बनाउन र पुनःस्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु।

साथै, राहत तथा सहयोगका लागि सहयोगी मन भएका सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु।’

सुक्रबार मध्यरातमा गएको शक्तीशाली भुकम्पले जाजरकोट र रुकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको खबरले अत्यन्तै दुखित बनाएको उल्लेख गर्नु हुंदै पौडेलले भूकम्पमा परी ज्यान गुमाएका दिवंगत प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । साथै घाईते भएकाहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भयो।

गएको शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ स्खेलको भूकम्पमा परी छिमेमी जिल्ला समेतमा ठूलो जनधनको क्षति भएको छ।

यतिबेला त्यस भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका लागि सरकार लगायत विभिन्न संघ संस्था र व्यक्तिहरू समेतले सहयोग गरिरहेका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस