आज:  | Sun, 19, May, 2024

निलकण्ठ नगरपालिका ९ मा मोटरसाईकल दुर्घटना हुंदा १जनाको मृत्यू १ घाईते

२१ कार्तिक २०८०, मंगलवार १२:५४ मा प्रकाशित ( ६ महिना अघि) ८७५ पाठक संख्या
नारी बाटिका


धादिङ,२१ कात्तिक ।

धादिङको निलकण्ठ नगरपालिका ९ तिन घरेमा मोटरसाईकल दुर्घटना हुंदा उपचारको क्रममा १जनाको मृत्यू छ भने १ जना गम्भिर घाईते भएका छन ।

शोमबार साँझ अन्दाजी ६:२० बजेको समयमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा न ९ तिनघरेमा पाल्पा भञ्ज्याङबाट धादिङबेशी तर्फ आउदै गरेको बा.प्र.०२–००४ प ४०७६ नंम्वरको मोटरसाईकल गुडीरहेको अबस्थामा आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

उक्त मोटरसाईकल सडकबाट अन्दाजी १० मिटर तल खसि दुर्घटना भएको थियो । दुर्घटनामा परि मोटरसाईकलको पछाडी सवार बर्ष ४६ को राम बहादुर मगरको उपचारको क्रममा मृत्यू भएको हो ।

निज मगरको अनुहारमा गम्भिर चोट लागेकोले उपचारको लागी धादिङ अस्पताल ल्याईएको थियो भने उपचारकै क्रममा मृत्यु भएको हो ।

यसैगरी मोटर साईकल चालक ऐ ऐ.बस्ने बर्ष २३ को अबिनाश मगरको शरिरको बिभिन्न भागमा चोट लागेकोले धादिङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागी ट्रमा सेन्टर काठमाण्डौ पठाएको थियो ।

गम्भिर घाईते भएका अबिनाशको हाल चाबहिल स्थित मेडि केयर अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख गौतम मिश्रले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%६%

प्रतिक्रिया दिनुहोस