आज:  | Tue, 07, May, 2024

मोडल तथा अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०, बिहीबार १८:४२ मा प्रकाशित ( ६ महिना अघि) २५२ पाठक संख्या
नारी बाटिका


धादिङ,२३ कात्तिक ।

मोडल तथा अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । विहिबार मोडल दीपाशा विसीको अप्रत्यासित रुपमा निधन भएको हो । उनको निधन आज काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा भएको हो ।

बुधबार राती उनको स्वास्थ्यमा एक्कासी केही समस्या देखिएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । हिजो वुधबारदेखी नर्भिककम उपचार गराईरहेकी दिपाशाको अस्पतालले आज बिहान मृत घोषित गरेको थियो । उनको निधनबारे अस्पतालका सीइओ अजय मिश्रले मिडियासँग पुष्टी गरेका छन् ।

दीपाशाको २८ बर्षको उमेरमा निधन भएको छ । उनको जन्म वि।सं २०५२ सालमा सुर्खेतमा भएको थियो । तर, उनले लामो समयदेखि काठमाडौंमा रहेर मोडलिङ तथा अभिनेत्रीको पेशामा काम गरिरहेकी थिइन् ।

मोडल विसीले केही नेपाली फिल्म र दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । विशेषगरि, उनले लोकगीतका म्युजिक भिडियोमा धेरै अभिनय गरेकी छिन् । उनले अभिनय गरेको फिल्ममा ‘बिरानो माया, छाल, झेली, दुलाहा रानी’ लगायतका फिल्ममा अभिनय गरेकी थिइन् ।

यस्तै, उनले ‘तीज चाड नारीको, अच्छा लेकिन, नानी माई, सानी माया, तिमी नभए’ लगायतका दर्जनौं म्युजिक भिडियोमा काम गरेकी सकेकी थिइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस