आज:  | Mon, 06, May, 2024

धादिङको एक मिठाई भण्डारमा बिक्रिका लागी राखिएको मिठाई भित्र कराजन्य बस्तु भेटियो ।

२४ कार्तिक २०८०, शुक्रबार १३:०० मा प्रकाशित ( ५ महिना अघि) ५८२ पाठक संख्या
नारी बाटिका


धादिङ,२४ कात्तिक ।

धादिङको एक मिठाई भण्डारमा बिक्रिका लागी राखिएको मिठाई भित्र कराजन्य बस्तु भेटिएको छ । त्येसैगरी  बजार अनुमगन गर्ने क्रममा धादिङ स्थित केही पसलमा  तिहारको लागी बिक्री गर्न राखिएको भाई मसलामा म्याद गुज्रिएका अखाद्य वस्तु भेटिएको छ । विशेष गरी तिहारको भाईटिकाका दिन दिदीबहिनीले दाजुभाइलाई दिईने भाई मसलामा म्याद गुज्रिएका अखाद्य वस्तु भेटिएको हो ।

चाडपर्वका समयमा कालो बजारी अखाद्य वस्तु बिक्री बितरण हुन सक्ने भएकोले सो कुराको मध्यजनर गरी नजिकिदै गरेको तिहारको लागी बिक्री गर्न राखिएको भाई मसलामा म्याद गुज्रिएका अखाद्य वस्तु भेटियो बजार अनुगमन टोलिले जनाएको छ ।

विहिबार अनुगमन गर्ने क्रममा व्यवशायीहरुले बिक्रीको लागी राखिएको भाई मसलाका प्याकेटहरुमा म्याद गुज्रिएका खानेकुरा भेटिएको थियो ।

धादिङका बजारहरुमा खुद्रा तथा होलसेल किराना पसलमा विक्रिका लागि राखेको प्याकेटहरुमा गुणस्तरहीन, म्याद गुज्रीएका तथा अखाद्य सामाग्री फेला परेको हो ।

दिपावलीका लागि तयार गरिएको भाइ मसलामा राखिएका सामाग्रीहरुको म्याद नाघेका र अखाद्य वस्तु भेटिएको बजार अनुमगन समितिका संयोजक एवं धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताउनु भयो ।

वाहिरबाट हेर्दा चिटिक्क पारी बनाइएका मसलाका प्याकेटहरु देखिएको तर प्याकेट भित्र राखिएका भाई मसलाका चकलेट, चोकोपाई, विस्कुट, किसमिस, काजु, वखर, सुपारी लगायतका सामाग्रीहरूको म्याद गुज्रिसकेका छन् ।

यस्तै होटलहरुमा बिक्रीका लागी राखिएका मिठाइमा त किराहरु समेत भेटिएका छन् । उहाँले बताउनु भयो । दिपावली सद्भावको पर्व हो । दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस् भनेर मनाइन्छ ।

तर उपहार तथा दाजुभाईको आयु वृद्धी होस भनी दिदीबहिनीले मायाँ र सदभाले दिईने भाइ मसलामा राखिएका खानेकुरा भने अखाद्य खानेकुरा दिइयो भने उल्टै दाजुभाईको स्वास्थ्यमा समस्या आउन सक्ने जानकारहरु बताउँछन्।

‘यस कुरामा सचेत रहन अनुगमन गरी व्यापारीहरुलाई अखाद्य वस्तु विक्रि नगर्न निर्देशन दिएका छौं संयोजक पराजुलीले भन्नु भयो। रङ प्रयोग गरिएका मिठाई तथा म्याद गुज्रेका खानेकुरा विक्रि गरे कानुन अनुसार कार्वाही गर्छौ’, उहाँले भन्नु भयो– ‘हामी निरन्तर रुपमा अनुगमन गरिरहेका छौं ।

यसैगरी बजार अनुगमन गर्ने क्रममा हामीले दशै अगाडी पनि धेरैलाई कार्वाही ग¥र्यौ । शुरुमा सचेत गराउने र निर्देशन दिने हो । तर अटेर गरेर मिठाईमा रङ हाल्ने, म्याद गुज्रिएका खानेकुरा विक्रि वितरण गर्ने जस्ता भेटिएमा उहाँहरुलाई नियम अनुसार कार्वाही गनेर्छौ भन्नु भयो ।’

धादिङबेशीमा संन्चालित गढीमाई मिठाई भण्डार एण्ड खाजा घरलाई ५ हजार जरिवाना गरेको छ । मिठाईमा किराजन्य वस्तु भेटिएको, मिठाईमा रङ प्रयोग गरिएको र पहिले दिएको निर्देशन पालना नगरेका कारण जरिवाना गरिएको पराजुलीले बताउनु भयो । यस्तै अन्य पसलहरुमा भेटिएका म्याद गुजे्रका सामाग्रीहरु नष्ट गरी निर्देशन दिएका छौं ।

चाडपर्वको मौका छोपेर व्यापारीहरुले गुणस्तरहीन तथा अखाद्य बस्तुको विक्रि वितरण गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालय धादिङका उद्योग अधिकृत मेघनाथ गौतमले बताएकाछन् । ‘तिहारका लागि तयार गरिएका भाइमसलामा राखिएका खानेकुरा अखाद्य मात्र होइन महंगो मूल्यमा विक्रि वितरण गरेको भेटिएको छ ।

कतिपय व्यपारीले उपभोत्तालाई बिल नदिने र भाइमसलाहरु आफै तयार गरी म्याद नाघेका सामान हालेर विक्रि गरिएको पाइयो । सदरमुकामको यस्तो अवस्था छ भने बाहिर बाटै प्याकिङ गरेर ग्रामिण क्षेत्रका पसलहरुमा पुग्ने कयौं सामाग्रीमा म्याद गुज्रेको भेटिने गरेका छन् ।

उपभोक्ताले खानेकुरा किन्दा म्याद गुज्रेको र खान योग्य छ छैन हेर्नु पर्छ । उपभोक्ता आफै पनि सचेत हुन आवश्यक रहेको संयोजक पराजुलीको अनुरोध रहेको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%१%२%

प्रतिक्रिया दिनुहोस