आज:  | Mon, 29, Apr, 2024

आज तिहारको तेस्रो दिन गाईतिहार (गौ ) माताको पूजाआजा गरी मनाईंदै

२७ कार्तिक २०८०, सोमबार ०७:३४ मा प्रकाशित ( ५ महिना अघि) २९५ पाठक संख्या
नारी बाटिका


धादिङ, २७ कात्तिक ।

आज तिहारको तेस्रो दिन गाई (गौ माता)को पूजाआजा गरी मनाईंदै छ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक तथा तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ। गाईलाई (गौ माता)को रुपमा पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक (पोषिलो) हुने भएकाले गाईलाई गौमाता भनी सम्मान जर्ने गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको आधुनिक विज्ञानले पनि प्रमाणित गरेको कुरा हो ।

गाई(गौ माता)को पूजा गरी आजका दिन उनिलाई मनपर्ने मीठा परिकार बनाएर खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास रहेको छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनु भयो ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धनको डोरो गाईको पुच्छरमा बाँधिदिएमा मानिसको मृत्यु पश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास रही आएको छ। साथै आज गाईको पुजाआजा गरिसके पछी गाईका खुट्टामा शिर राखेर ढोगी श्रद्धा गर्ने गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस