आज: २०८३ मंसिर १०, बिहिबार | Thu, 26, Nov, 2026

जनताको सेवक बनेर उनीहरुको न्यारा काम गर्न काँग्रेस महामन्त्री पौडेलको निर्देशन

२०८३ मंसिर १०, बिहिबार मा प्रकाशित ( ३२ मिनेट अघि) १  पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -१० मंसिर ।

नेपाली कांग्रेसका नेता एवं महामन्त्री प्रदीप पौडेलले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई जनताको सेवकका रूपमा काम गर्न निर्देशन दिनु भएको छ ।
नेपाली काँग्रेसको १५ औं महाधिवेशनपछी काँग्रेस धादिङ क्षेत्र नं.२ ले आयोजना गरेको पदभार ग्रहण कार्यक्रमलाई संभोधन गर्नु हुंदै प्रमुख अतिथि नेता पौडेलले यस्तो सुझाव दिनु भएको हो ।

उहाँले समुदायमा विभिन्न कारणले अन्यायमा परेका नागरिकलाई न्याय दिलाउन सक्रिय भूमिका खेल्न निर्देशन दिएका हुन्। विभिन्न सार्वजनिक कार्यक्रम र पार्टीका आन्तरिक भेलाहरूमा उनले संगठनलाई जनमुखी बनाउन र विधि र न्यायको पक्षमा उभिन जोड दिँदै आउनु भएको छ ।

पार्टीका हरेक तहका नेता तथा कार्यकर्ताहरूले शासक नभई जनताको वास्तविक सेवकको भावनाले काम गर्नु पर्नेमा उहाँको जोड रहेको छ।

सबै भन्दा मुख्य सवाल त मानवअधिकारको हनन् तथा अन्यायविरुद्ध आवाज र न्यायमा सहयोग पुर्याउन काँग्रेसका नेता र कार्यकर्ताहरुलाई समाजमा जो कोही पनि राज्य वा शक्तिबाट अन्यायमा परेका छन् भने उनीहरूको पक्षमा उभिन र कानुनी तथा सामाजिक न्याय दिलाउन कांग्रेसले अग्रसरता लिनु पर्ने उहाँको निर्देशन छ।

सरकारले विधि मिच्ने, नागरिकको अपमान गर्ने वा संसदीय व्यवस्थामाथि प्रहार गर्ने कार्य गरेमा त्यसविरुद्ध सशक्त खबरदारी गर्दै विधिको शासन कायम राख्न सरकारलाई खबरदारी गर्नु पर्ने महामन्त्री पौडेले कार्यकर्तालाई आह्वान गर्नु भएको छ।

यसैगरी,नेता तथा कार्यकर्ताहरुलाई निर्देशन गर्नु हुंदै उहाँले महँगी, सुकुम्बासी समस्या र भ्रष्टाचार जस्ता आम नागरिकका दैनिक समस्या समाधानका लागि काम गर्न र पार्टीलाई तल्लो तहसम्म बलियो र संगठित बनाउनु पर्ने उहाँको धारणा छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑