आज: २०८२ फागुन १२, मंगलबार | Tue, 24, Feb, 2026

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्धमा परेको रिट निवेदनको आज सुनुवाई हुन सकेन

२०८० मंसिर ४, सोमबार मा प्रकाशित ( २ साल अघि) १००२९ पटक पढिएको
नारी बाटिका


काठमाडौं,४ मंसिर ।

सर्वोच्च अदालतले टिकटकमाथिको प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्धमा परेको रिट निवेदनमा आजदेखी सुनुवाई हुने भनिएता पनि हन सकेन । न्यायाधीश कुमार चूँडालको एकल इजलासमा आज उक्त मुद्दाको पेसी तोकिएको भएता पनि हेर्न नभ्याउने सूचीमा परेपछि सुनुवाइ नभएको हो।

न्यायाधीश चूँडाल सहितको अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने हुदा सुनुवाइ हुन नसकेको जानकारी गराईएको छ ।

सरकारले टिकटक माथि लगाईएकोे प्रतिबन्धका विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सहित १० जनाले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस