आज:  | Mon, 29, Apr, 2024

उत्तरी धादिङको गंगाजमुना गाउँपालिकामा मंसिर ७ गते हरिबोधिनी एकादशी मेला लाग्ने

५ मंसिर २०८०, मंगलवार १९:३२ मा प्रकाशित ( ५ महिना अघि) ३५० पाठक संख्या
नारी बाटिका


धादिङ,०५ मंसिर ।

उत्तरी धादिङको गंगाजमुना गाउँपालिकामा मंसिर ७ गते हरिबोधिनी एकादशी व्रत मेला लाग्ने भएको छ । प्रत्येक वर्ष मंसिर हरिबोधिनी एकादशीका दिन लाग्ने गङ्गाजमुना माई स्थान तथा प्रसिद्ध झरनामा लाग्ने हरिबोधिनी एकादशी व्रत मेलाको अवसरमा गाउँपालिकाले २ दिन सार्वजनिक बिदा समेत दिने भएको छ ।

एकादशीमा ब्रत बस्ने ब्रतालु तथा भक्तजनहरुलाई सहज होस् भन्ने उदेस्यले गाउँपालिकाले मंसिर ६ र ७ गते सार्वजनिक बिदा दिन लागिएको पालिकाले जनाएको छ ।

आज मंगलबार गाउँपालिकाले एक सुचना जारी गर्दै पालिका र सो अन्तर्गत रहेका शिक्षण संस्था र आकस्मिक (स्वास्थ्य संस्था)को सेवा बाहेक सम्पूर्ण वडा कार्यालयहरूलाई गाउँपालिका स्तरीय सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

साथै गंगाजमुना गाउँपालिकाको नामबाट मानिदै आएकी गंगाजमुना माई स्थान तथा प्रसिद्ध झरनामा आदिम कालदेखि मेला लाग्दै आएको छ । हरेक वर्ष कार्तिक शुक्ल दशमीको दिन लाग्ने यस मेलामा हजारौ भकतजनहरु रातभर जाग्राम बसी पुजाआरधनाका साथ भजन क्रितन र नाचगान गरी भोलीपल्ट नुहाएर घर फर्कने गर्दछन् ।

यसै मेलाको अवसरमा ६ गते हुने बृहत सांकृतिक कार्यक्रम वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घघाटन गर्ने कार्यक्रमको तयारी भइ रहेको गाउँपालिकाले जनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस