आज:  | Thu, 02, May, 2024

नयाँ सहकारी दर्ता, क्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा सरकारद्धारा रोक

८ मंसिर २०८०, शुक्रबार १९:५१ मा प्रकाशित ( ५ महिना अघि) ३३४ पाठक संख्या
नारी बाटिका


काठमाडौँ, ८ मङ्सिर ।

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले नयाँ सहकारी दर्ता, क्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाएको छ । देशभरमा संन्चालित करिब ३२ हजार सहकारी संस्था मध्य लगभग ५ सय हाराहारीका सहकारीमा आर्थिक अनमियता देखिन थालेपछी सरकारले सहकारी संन्चालनमा कडाई गर्दै आएको छ ।

पछिल्लो समयमा केही सहकारीका संन्चालक,कर्मचारी तथा शेयर सदस्य समेतले सहकारीमा नियम विपरित काम गर्न थालेको अबस्था देखिएकोले सरकारले कुनै पनि प्रकृतिका सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाएको हो।

मन्त्रिपरिषदको निर्णय अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अर्को व्यवस्था नभएसम्म महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाई बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी सङ्घ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउन स्थानिय सरकारलाई जानकारी गरेको छ ।

गत कात्तिक २३ गतेको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले सम्पूर्ण वित्तीय क्षेत्रमै असर पर्न सक्ने जोखिम बढ्दै गएकाले मन्त्रिपरिषद्को निर्णय अनुसार यस्ता कार्यमा रोक लगाइएको जानकारी दिनु भयो ।

पछिल्लो समयमा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाबाट ठूला कारोबार गर्ने बचत स्वीकार गर्ने र जोखिमयुक्त लगानी गर्ने प्रवृत्ति बढ्दै गएको मन्त्रालयको भनाई रहेको छ । त्यस्तै देशभरका सहकारी संस्थाहरु मध्य केही सहकारी संस्थाका शेयर सदस्यले ऋण लाने र समयमा ऋण नतिर्ने समस्याको कारण निक्षेप )बचत) कर्ताले निक्षेप फिर्ता लिन चाहेको बेलामा बचत फिर्ता हुन नसकी रहेको अबस्था छ ।

केही ब्यक्तिहरको ब्यक्तिगत स्वार्थका कारण तथा सेवामुखी नभई व्यबशायका रुपमा केही ब्यक्तिले नियम विपरित काम गर्नाले त्यस्ता सहकारीमा समस्या हुने नै भयो । तर अन्य राम्रा काम गर्ने सहकारी संस्थाहरुलाई पनि ठूलो समस्या सिर्जना हुन सक्ने भएकाले अर्को व्यवस्था नभएसम्मका लागि उक्त कार्यमा रोक लगाइएको मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस