आज:  | Wed, 08, May, 2024

टिकटक बन्द भए/नभएको बारे २४ घण्टाभित्र जवाफ दिन ईन्टरनेट कम्पनीलाई निर्देशन

१३ मंसिर २०८०, बुधबार १३:४९ मा प्रकाशित ( ५ महिना अघि) १९९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ -१३ मंसिर।

नेपाल दूरसञ्चार प्राधिकरणले २४ घण्टाभित्र ईन्टरनेट कम्पनी संग जवाफ मागेको छ । मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै,सरकारले केही दिन अगाडी देखी बन्द गर्ने भनिएको सामाजिक संन्जाल मध्यको टिकटक सो समय यता बन्द भए/नभएको एकिन गर्न नेपाल दूरसञ्चार प्राधिकरण लाई सम्वन्धित कम्पनी संग लिखित जवाफ माग्न भनेको थियो ।

सोही अनुसार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई बन्द गरे नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन निर्देशन दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए नभएका बारे जानकारी दिन उक्त सुचनामा भनिएको छ ।

साथै यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजी लगायतको कारबाही गर्ने चेतावनी दिएको छ ।

साथै सरकारको यसअघि टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिई सकेको भएता पनि अहिले सम्म जानकारी नआएकाले २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिइएको प्राधिकरणका उप–निर्देशक तथा सूचना अधिकारी सूर्य प्रसाद लामिछाने जानकारी दिनु भयो ।

सरकारले गत कात्तिक २८ गते र मङसिर २ गते सार्वजनिक टिकटक बन्द गराउन सूचना प्रकाशित गरी अबको २४ घण्टाभित्र जवाफ पेस गर्न प्राधिकरणले उक्त सूचना मार्फत निर्देशन दिएको उहाँले बताउनु भयो । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारले निर्णय लगत्तै प्राधिकरणले टिकटक बन्द गर्न सेवा प्रदायकलाई लिखित रुपमा नै निर्देशन दिएको थियो । हालसम्म कुनै पनि सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस