आज:  | Thu, 09, May, 2024

नेकपा एमालेको ‘आजदेखि मध्य पहाडी लोकमार्ग हुंदै बैतडीबाट पदयात्रा सुरु गरिदै

१४ मंसिर २०८०, बिहीबार ०७:५२ मा प्रकाशित ( ५ महिना अघि) १९५ पाठक संख्या
नारी बाटिका


काठमाडौं १४ मंसिर ।

नेकपा एमाले पार्टी केन्द्रीय समितीको कार्यसुचि अनुसार ‘आजदेखि मध्य पहाडी लोकमार्ग हुंदै बैतडीबाट पदयात्रा सुरु गरिने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा वलीको सहभागितामा आजदेखि मध्य पहाडी लोकमार्ग ‘झुलाघाट–चिवाभञ्ज्याङ’ पदयात्रा गर्दैछ।

उक्त क्षेत्रमा पार्टी नेतृत्व तहबाटै पदयात्रा गरिने कार्यसुची बमोजिम आज पदयात्रा सुभारम्भका लागि पार्टीका अध्यक्ष वली सहितका शीर्ष नेता बैतडी पुगि सक्नु भएको छ । आज बिहान साढे ८ बजे अध्यक्ष ओलीले पदयात्राको उदघाटन गर्ने एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिएका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीका साथमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डेय, महासचिव शङ्कर पोखरेल, उपमहा सचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई लगायतका नेताहरू सहभागी भएका छन्।

नेपालको झण्डा झण्डोत्तोलन गरेर अध्यक्ष ओलीले पदयात्राको उद्घाटन गर्ने सचिव विश्वकर्माले बताएका छन् । पदयात्राको उद्घाटनपछि बैतडी सदरमुकाम गोठलापानीको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। साथै बैतडीको खोड्पेमा सन्देश सभाको पनि आयोजना गरिने कार्य तालिका छ।

पदयात्रा टोलीले डडेल्धुराको उग्रतारा दर्शन गर्ने, १५ गते डडेल्धुराको अमरगढी किल्ला अवलोकन गर्ने, बागबजारमा सन्देश सभा गर्ने, डोटीको दिपायल र सिलगढीमा जनसभा गर्ने र शैलेश्वरीको दर्शन गर्ने कार्यतालिका रहेको स्रोतले जनाएको छ।

यसैगरी १६ गते अछामको साँफेवगरमा सन्देश सभा गर्ने र मङ्गलसेनमा जनसभा सम्बोधन गर्ने कार्यतालिका रहेको छ। १७ गते सुदूरपश्चिम प्रदेश कमिटीले अध्यक्ष सहितको टोलीलाई कर्णाली प्रदेशमा बिदाइ गर्ने कायैक्रम रहेको जनाएको छ।

झुलाघाटदेखि अछामको बेलखेतसम्म सुदूरपश्चिम प्रदेशको ३५८ किलोमिटरको यात्रा गर्ने र सो अभियानमा २५० भन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहने बताइएको छ।

यस्तै एमालेका सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशीले सो अभियानका क्रममा सुदूरपश्चिममा तीन दिनसम्म विकास र समृद्धिका लागि बहस हुने बताएका छन्। १९ दिनका दिन सङ्कल्प यात्राको पुस ५ गते सन्देश प्रवाह गर्ने र उक्त कार्यक्रमको काठमाडौंमा समापन गरिने बताइएको छ। बैतडीबाट सुरु हुने कार्यक्रम पाँचथरको चिभञ्याङसम्म पुग्ने जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस