आज:  | Sun, 19, May, 2024

नारी जागरण केन्द्रद्धारा जिल्ला प्रहरी कार्यलय संगको सहकार्यमा १६ दिने लैंगिक हिंसा बिरुद्धको कार्यक्रम

१५ मंसिर २०८०, शुक्रबार १९:२५ मा प्रकाशित ( ५ महिना अघि) ६५१ पाठक संख्या
नारी बाटिका


भगवती विवियु

धादिङ १५ मंसिर

नारी जागरण केन्द्रद्धारा जिल्ला प्रहरी कार्यलय संगको सहकार्यमा १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानको सन्धर्वमा निलकण्ठ नगरपालिका १२ मा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यलयको समन्वयमा दामगाडे स्थित अस्थाई प्रहरी पोष्टका कमाण्डर प्रकाश महत्वको आथित्यतामा सुक्रबार निलकण्ठ नगरपालिका १२ दामगाडे स्थित केन्द्र अन्तर्रगतका नमुना महिला समुहको ब्यवस्थापनामा समुह र समदायका महिला,पुरुष,जेष्ठनागरिक लगायतको करिब ५५ जनाको सहभागितामा लैंगिक हिंसा बिरुद्धको अभियानबाट समुदायमा सचेतना जगाउने उदेस्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।

१६ दिने लैंगिक हिंसा विरुद्धको दिवसीय अभियानको सन्धर्वमा नारी जागरण केन्द्र धादिङ र जिल्ला प्रहरी कार्यलय धादिङको संयुक्त आयोजनामा भएको कार्यक्रममा अस्थाई पोष्टका प्रमुख प्रकाश महत्वले समाजमा हुने लैंगिक हिंसा के हो यसको निराकरण कसरी गर्न सकिन्छ, हिसा भयो भने न्यायको लागी कहाँ सम्पर्क राख्ने जस्ता विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

त्यसैगरी दामगाडे स्थित नमुना महिला समुहको व्यवस्थापन सहयोगमा सम्पन्न भएको कार्यक्रममा केन्द्रकी कार्यकारी निर्देशक तथा महिला अधिकारकर्मी भगवती उप्रेतीले लैंगिक हिंसा भनेको के हो ? हिंसा हुन सक्ने जोखिम कहाँ तथा कसरी हुन सक्ने संभाभित पहिचान,हिंसा भयो भने न्यायको लागी कहाँ जाने ? घरेलु हिंसाका प्रकारहरु,हिंसा न्युनिकरणका लागी समुह तथा समुदायको भुमिकाका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

निलकण्ठ १२ दामगाडे नमुना महिला समुहकी प्रतिनिधी देवकी राउतको अध्यक्षतामा भएको कार्यक्रममा उक्त क्षेत्रका प्रहरी सुर्य तामाङ,नारी जागरण केन्द्रका कर्मचारी,सरस्वती श्रेष्ठ,कर्मचारी शर्मिला परियार,नारी बिकास सहकारीका प्रतिनिधी सावित्री भण्डारी,नारी वाटिका डट् कमका संवाददाता लगायतको उपस्थिती रहेको थियो ।

प्रत्येक वर्ष नोभेम्वर २५ देखी डिसेम्वर १० सम्म विश्वव्यापी रुपमा सचेतनामुल कार्यक्रम संन्चालन गरी मनाइने १६ दिने लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान यही मंसिर ९देखी सुरु भएको हो । यसै अभियानको अबसरमा नारी जागरण केन्द्रद्धारा जिल्ला प्रहरी कार्यलय धादिङ,नारी बिकास सहकारी संस्था धादिङ र नारी वाटिका डट् कम अनलाईन खबर बिच सहकार्य गरी चार चरणको कार्यक्रमको आयोजना गर्ने भएको छ ।

जस अनुसार आज मंसिर १५ मा निलकण्ठ १२ दामगाडे महिला समुहमा आज सम्पन्न गरियो भने मंसिर १७ गते आईतबार बालमन्दिर आधारभुत विद्यालयमा,मंसिर २०गते सितलबजार स्थित सितलबजार महिला समुहमा, मंसिर २२ गते निलकण्ठ नगरपालिका ८ मुरलीभन्याङमा र मंसिर २३ गते निलकण्ठ १२ पशुपती महिला समुहमा सचेतनामुलक कार्यक्रम गरिने भएको केन्द्रका कार्यकारी निर्देशक तथा महिला अधिकारकर्मी भगवती उप्रेती विवियुले जानकारी दिनु भयो ।

समाजमा हुने लैंगिक हिंसा अन्त्य गर्नको लागी केन्द्रले विभिन्न गाउँपालिका , नगरपालिकाहरुमा महिला समुह र महिला सहकारी संस्था निर्माण गरी विगत २५ वर्षदेखी काम गर्दै आईरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%५%३%

प्रतिक्रिया दिनुहोस