आज:  | Thu, 09, May, 2024

काँग्रेसको आउँदो १५ महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न जरुरी डा.शेखर कोइरा

१६ मंसिर २०८०, शनिबार ०९:३९ मा प्रकाशित ( ५ महिना अघि) ३०३ पाठक संख्या
नारी बाटिका


भगवती विवियु

नवलपरासी,१६ मंसिर।

नेपाली काँग्रेसको आउँदो १५औं महाधिवेशनबाट पार्टीको मुल नेतृत्व परिवर्तन गर्न जरुरी रहेको डा.शेखर कोइरालाले बताउनु भएको छ । लामो समयसम्म पार्टीको मुल नेतृत्व परिवर्तन नहुँदा काङ्ग्रेस प्रतिको जनताको आकर्षण घट्दै गएको भन्दै पार्टीका वरिष्ट नेता एवं् केन्द्रीय सदस्य शेखर कोइरालाले आउँदो महाधिवेशनले नेतृत्व परिवर्तन गर्नु पर्ने जिकिर गर्नु भएको हो ।

उहाँले कांग्रेसको आउँदो १५औं केन्द्रीय महाधिवेशन कुनै पनि बहानामा सार्न नहुने पनि बताउनु भएको छ । यस्तै पहिले महाधिवेशन सम्पन्न गरेर मात्र ०८४ सालको चुनावमा पार्टीले भाग लिनुपर्ने उल्लेख गर्दै कार्यकर्ताको भावना अनुरुप पार्टीको मुल नेतृत्व परिवर्तन अबको आवश्यकता भएको औँल्याउनु भयो । नेतृत्व परिवर्तन नगर्दा जनताको नेपाली काङ्ग्रेसप्रति आकर्षण नबढ्ने कोइरालाको दाबी थियो ।

शुक्रबार कांग्रेस पश्चिम नवलपरासीको प्रथम जिल्ला भेलालाई परासीमा सम्बोधन गनुृ हुँदै कोइरालाले यही नेतृत्व रही रहे पार्टीले नागरिकका चाहना अनुसार काम गर्न नसक्ने जिकिर गर्नु भयो । यस कारणले पनि कांग्रेसको भविष्य सुरक्षित गर्न दुई वर्षभित्र कुनै पनि बहाना नगरी पार्टीको सबै तहको अधिवेशन गर्न कार्यकर्ता जागरूक भई नेतृत्वलाई दबाब दिनु पर्ने बताउनु भएको छ।

उक्त कार्यक्रममा बोल्दै कोइरालाले नेतृत्व परिवर्तन गरेर आगामी स्थानीय तहको चुनावमा काँग्रेसले कसैसंग गठबन्धन नगरी एक्लै चुनाव लड्ने दाबी गर्नु भयो ।यतिबेला देशका आम ‘कार्यकर्ताहरुमा पार्टीको नेतृत्व प्रति वितृष्णा जागेको छ । यो नेतृत्व परिवर्तन नगर्दासम्म जनतामा काँग्रेसप्रतिको आकर्षण बढ्न सक्दैन’,उहाँले भन्नु भयो।

पछिल्लो समयमा मुलुकमा राजनितिक दलले नागरिकले चाहेको जस्तो काम गर्न नसक्दा सङ्घीयताको विषयमा वितृष्णा पैदा हुनुमा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न नबनाइनु र सङ्घीयताको मर्म स्पष्ट हुन नसकेको कोईरालाको भनाई रहेको थियो। ‘स्थानीय तह र प्रदेशलाई पूर्ण अधिकार दिइएन,तसर्थ जनताले सङ्घीयता अङ्गाल्न कठिन भयो’,कोईरालाको भनाई रहेको छ ।

त्यस्तै जिल्ला सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले अहिलेको नेतृत्वले जनतामा निराशा मात्र थपेको भन्दै सबै दलका शीर्ष नेताले नेतृत्व परिवर्तन गनुपर्ने बताउनु भयो । सबै दलका मुख्य नेताहरू जनचाहना भन्दा पनि कुर्सीका लागि लडेको भन्दै जनचाहना अनुसार काम गर्न सबै दलमा नेतृत्व परिवर्तनगर्न आवश्यक रहेको नेता भण्डारीको पनि भनाई छ ।

भेलामा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन,महामन्त्री बिक्रम खनाल लगायतले आ आफ्ना धारणा ब्यक्त गर्नुभएको थियो । जिल्ला भेलालाई संस्थापन पक्षले बहिष्कार गरेपनी कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। नवलपरासीको जिल्ला भेलामा सहभागी नभएका केही काँग्रेसका नेता कार्यकर्ता तथा भातृ संस्थाका नेतृत्वले बुटवलको भेलामा सहभागिता जनाएका थिए।

काँग्रेसमा गुटिय प्रतिस्पर्धाले यतिबेला जिल्लाको राजनीति तरङ्गित बनेको छ भने गुटकै कारण जिल्लाका दुई गुटका समूहको शीत युद्ध थपिएको देशभरका अधिकाँश कार्यकर्ताहरुको गुनासो बढेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%१%१%

प्रतिक्रिया दिनुहोस