आज:  | Thu, 02, May, 2024

मुलुकमा चार महिनाको अवधिमा साढे ५७ अर्ब सार्वजनिक ऋणको भार

१६ मंसिर २०८०, शनिबार १५:३९ मा प्रकाशित ( ५ महिना अघि) ३३६ पाठक संख्या
नारी बाटिका


काठमाडौं १६मंसिर ।

मुलुकमा चार महिनाको अवधिमा साढे ५७ अर्ब सार्वजनिक ऋण भार थपिएको छ । चालू आर्थिक वर्ष २०८०र८१ को श्रावण देखी कात्तिक सम्म पहिलो (चौमासिक)अवधिमा रू ५७ अर्ब ७१ करोड भन्दा बढी सार्वजनिक ऋण भार थपिएको हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्त सम्ममा करिब रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख रहेको सार्वजनिक ऋण यस चालु आव श्रावणदेखी कात्तिक मसान्तसम्म आईपुग्दा रू २३ खर्ब ५७ अर्ब छ करोड थपिएर ५७ अर्ब ७१ करोड भन्दा माथी पुगेको छ ।

व्यवस्थापन कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार हालसम्म नेपालले तिर्नु पर्ने बाँकी आन्तरिक ऋण रू ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण रू ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख रहेको जनाएको छ ।

त्यस्तै यस चालू आवको चार महिनामा आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा रू ६५ अर्ब ४५ करोड ८३ लाख र बाह्य ऋणको साँवाब्याज भुक्तानीमा रू १६ अर्ब १८ करोड ६१ लाख बराबर सरकारले ऋण भुक्तानी गरेको गरेको छ ।

यस चार माहिनाको अवधिको (साउनदेखि कात्तिक मसान्त)सम्ममा रू ९७ अर्ब ३१ करोड बराबर आन्तरिक ऋण र रू १५ अर्ब ८५ करोड ३० बाह्य ऋण गरी कूल एक खर्ब १३ अर्ब १६ करोड ३० लाख बराबर ऋण उठाइएको छ ।

यस चालू आवको पहिलो चौमासिक अवधिमा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा गरेको खर्च करिब तीन गुणाले बढी पाइएको छ । गत कात्तिक मसान्तसम्ममा सरकारले रू,२९ अर्ब ९८ करोड ९४ लाख बराबर पुँजी गत खर्च गरेको छ ।

यस चार महिनाको अवधिमा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा भने रू ८१ अर्ब ६४ करोड ४४ लाख बराबर खर्च गरेको देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस