आज:  | Thu, 09, May, 2024

सरकारी भवनदेखी राजनीतिक दलका कार्यालयहरु अधिकाँश जस्तै अपाङ्गमैत्री बन्न सकेन

१७ मंसिर २०८०, आईतवार ०८:२६ मा प्रकाशित ( ५ महिना अघि) १९९ पाठक संख्या
नारी बाटिका


काठमाडौं १७ मंसिर ।

सरकारी भवनदेखी राजनीतिक दलका कार्यालयहरु अधिकाँश जस्तै अपाङ्गमैत्री नहुंदा अपाङ्गता वर्गहरुले समस्या भोगिरहेको छन् । अन्तर्रराष्ट्रिय देखी राष्ट्रिय रुपमा विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरी मनाईँन्छ भने विशेष गरी सरकारदेखी राजनितिक दलका नेताहरुले यस क्षेत्रमा विशेष महत्व दिने कुरा गर्ने गर्दछन् । तर हाम्रो समाजमा विगतदेखी नै अपाङ्गताको पक्षमा सवाल उठाईरहदा मुख्य सवाल चैं के हो ? भन्ने पश्न उठिरहन्छ ।

अपाङ्गता भएका वर्गले सरकारी सेवासुविधा लिनको लागी राज्यको सरकारी कार्यलयमा सेवा लिन जानु पर्ने हुन्छ । भवनदेखी राजनीतिक दलका कार्यालयहरु अधिकाँश जस्तै अपाङ्गमैत्री छैनन्। राज्यलाई जिम्मेवार बनाउनेले पनि अपाङ्गता भएका व्यक्तिको अधिकार होइन सहज पहुँचको व्यवस्था गर्न सकेका छैनन्, त्यसको उदाहरण राजनीतिक दल नै हुन् ।

आज आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, पुराना र नयाँ हुन् कि ठूला वा साना हुन्, देश हाँक्ने कुनै पनि राजनीतिक दलका कार्यालय अपाङ्गतामैत्री छैनन्। ती दलका वडा तहसम्म संरचना र कार्यालय भए पनि केन्द्रीय कार्यालयमा नै शारीरिक अपाङ्गता भएका व्यक्तिले सहज पहुँच पाउँदैनन् । यसो हुँदा दलीय प्रतिनिधित्वका आधारमा राज्यमा सहभागिता पाउन अपाङ्गता भएका व्यक्ति वञ्चित भएका छन् ।

देशको मुख्य ठला दल मध्यका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका केन्द्रीय कार्यालयको यी मध्ये कुनै दलका कार्यालय अपाङ्गतामैत्री पाइएनन् भनेर विभिन्न पत्रपत्रिका र अनलाईनहरुले समचार लेखेका छन् ।

कुनै दलका कार्यालयको भुइँतलामा र्‍याम्प अर्थात् भिरालो बनाइए पनि अपाङ्गता भएका व्यक्ति पहिलो तलामा चढ्दा घस्रिँदै जानु पर्छ। मुख्य संरचना मात्रै होइन, अपाङ्गता भएका व्यक्तिले त्यहाँ गएर शौचालय प्रयोग गर्न पनि समस्या पर्ने गरेको छ।

‘नेपाली काँग्रेसका शीर्ष नेताको कार्यालय तीन तलामाथि छ, अपाङ्गता भएका व्यक्तिले भेट्न समस्या हुन्छ’, अपाङ्गतामैत्री नभएको भन्दै उनिहरुलाई अप्ठ्यारो परेको बताउछन्  । लिफ्ट बनाउने छलफल चलिरहेको छ, चाँडै निर्माण होस्, हाम्रो माग यही हो ।’ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि लिफ्ट बनाउने ठाउँ भए पनि निर्माणकै चरणमा रहेको र्‍याम्प नभएको बताउनु हुन्छ ।

अन्य राजनितिक दलहरुको पनि भनाई उस्तै रहेको छ । यस विषयमा सबैको चासो रहेको पाईन्छ । तर सवलमा कार्यन्वयन भने हुन सकेका छनन् ,धेरै जसो सन्चार माध्यमहरुले यसको सवलमा लेखेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस