आज:  | Sun, 19, May, 2024

प्रलोभनमा पारी अनलाइन मार्फत यौन व्यवसाय गर्ने नुवाकोटका अमृत रोक्का सहित ५ जनाको गिरोह पक्राउ

१८ मंसिर २०८०, सोमबार ०८:२० मा प्रकाशित ( ५ महिना अघि) ४२४ पाठक संख्या
नारी बाटिका


काठमाडौँ -१८ मंसिर ।

नेपाल प्रहरीले विभिन्न प्रलोभनमा पारी अनलाइन मार्फत यौन व्यवसाय गर्ने नुवाकोटका अमृत रोक्का सहित ५ जनाको गिरोहलाई पक्राउ गरेको छ । नेपाल प्रहरीले अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गर्ने ५ जनाको गिरोहलाई आइतबार पक्राउ गरेको हो ।

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वर लगायतका स्थानमा यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ गरी उनिहरुलाई आइतवार)सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोटका ३० वर्षीय अमृत रोक्का,रामेछापका २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाका ३३ वर्षीय गोपाल थापा, सिन्धुलीका ४४ वर्षीय सेते कार्की र सल्यान जिल्ला घर भएका २५ वर्षीय शिवराज परियार रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सामाजिक सञ्जालको दुरुप्रयोग गरी विभिन्न प्रलोभन देखाएर यौन व्यवसाय सञ्चालन गरेकामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिन भएको छ । पक्राउ परेकाहरु सँग आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%५%१%

प्रतिक्रिया दिनुहोस