आज: २०८२ चैत्र २६, बिहिबार | Thu, 09, Apr, 2026

चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

२०८० मंसिर १८, सोमबार मा प्रकाशित ( २ साल अघि) ९०१५ पटक पढिएको
नारी बाटिका


धादिङ १८ मंसिर ।

चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेको छ । धादिङ जिल्लाको धुनीबेसी नगरपालिका वडा नम्बर २ मा आफ्नै श्रीमान्ले श्रीमतीको हत्या गर्ने एक जनालाई धादिङ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही गाउँका रामचन्द्र बयलकोटी रहेका छन् । २१ वर्षीया श्रीमती पवित्राको हत्या गरेको आरोपमा बयलकोटी पक्राउ परेका हुन् ।बयलकोटीले श्रीमतीको हत्या गरी शव धैरेनी सामुदायिक वनको बाटोमा फालेको प्रहरीले जानकारी दिएको छ।

आइतबार श्रीमतीको हत्या गरी भागेका रामचन्द्रलाई इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको टोलीले गएराति पक्राउ गरेको हो। बयलकोटीले श्रीमतीको अनुहार, घाँटी र पाखुरा सहित ८ ठाउँमा धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय धादिङले बयलकोटीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%७%१%

प्रतिक्रिया दिनुहोस