आज:  | Sat, 04, May, 2024

एन्जेके धादिङद्वारा १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानको अवसरमा नि.न.पा. १२ स्तिथ पशुपती महिला समुहमा अभिमुखीकरण कार्यक्रम

२१ मंसिर २०८०, बिहीबार १६:५३ मा प्रकाशित ( ४ महिना अघि) ५१५ पाठक संख्या
नारी बाटिका


भगवती विवियु

धादिङ  २१  मंसिर ।

नारी जागरण केन्द्र धादिङद्वारा १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानको अवसरमा नि.न.पा. १२ स्तिथ पशुपती महिला समुहमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा हरेक वर्ष नोभेम्वर २५ देखी डिसेम्बर १० सम्म विश्वव्यापी रुपमा मनाईने १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानको अवसरमा आज १३ औं दिनको दिन निलकण्ठ नगरपालिका १२ स्तिथ पशुपती महिला समुहको अध्यक्ष बच्चु थापाको अध्यक्षतामा समुहका सदस्यहरु तथा समुह र समुदायका परिवालाई सहभागी गराई सचेतनामुलक कार्यक्रम गरिएको हो ।

जिल्ला सदरमुकामको नजिक बसोबास गर्ने भन्ने हिसावले सरकारी तथा गैरसरकारी संघ संस्थाहरले त्यति कार्यक्रहरु भएको पाईँदैन । तर पछिल्लो सदरमुकाम आसपास लगायतका क्षेत्रमा हिंसाको बढी जोखिमको अबस्था देखिएको छ । जिल्ला प्रहरी कार्यलय धादिङमा हिंसा प्रभावितहरुले दर्ता गराएका निवेदन (उजुरी)को संख्यालाई हेर्ने हो भने पनि सबैभन्दा धेरै यसै निलकण्ठ नगरपालिकामा लैंगिक हिंसाका घटनाहरु बढी हुने गरेको पाईएको छ ।

जिल्लामा २ नगरपालिका र ११ गाउँपालिका गरी जम्मा १३ पालिकाहरु रहेको यस धादिङ जिल्लामा सबै बढी हिसाका घटना यसै निलकण्ठ नगरपालिकामा भएको देखिएको कारणले हिंसा न्युनिकरणको लागी १६ दिने अभियानको पहिलो मंसिर ९ देखी नै सचेतामुलक कार्यक्रम गर्दै आईरहेको केन्द्रले आज १३ औं दिनको दिन निलकण्ठ नगरपालिका १२ पशुपती महिला समुहमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको हो ।

बिहिबार केन्द्रको आयोजनामा भएको अभिमुखी कार्यक्रममा समुहकी अध्यक्ष बच्चु थापाको अध्यक्ष्तामा जिल्ला प्रहरी कार्यलय,.नारी वाटिका डट्कमको सहयोग तथा पशुपती महिला समुहको ब्यवस्थापनमा कार्यक्रम सम्पन्न गरिएको हो ।

नारी बिकास सहकारी संस्थाको विशेष ब्यवस्थापनामा भएको अभिमुखीकरण कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेतीले समाजमा हुने लैंगिक हिंसा के हो यसको निराकरण कसरी गर्न सकिन्छ, हिसा भयो भने न्यायको लागी कहाँ सम्पर्क राख्ने ? सामाजिक संन्जालको दुरुपयोग गरी अपराधिक मनोवृर्ती भएकाहरुले समाजमा कस्ता कस्ता हिंसाका घडनाहरु घट्न सक्छन् ? भन्ने विषय वस्तुमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा पशुपती महिला समुह,समुदायका व्यक्तिहरु,नारी जागरण केन्द्र तथा नारी विकास सहकारी संस्थाका कर्मचारीहरु लगायतका ३५ जनाको सहभागिता रहेको थियो । यस सचेतनामुल कार्यक्रमले हाम्रो समाजमा हिंसामा परेका प्रभावितहरुका लागी कानुनी उपचारमा गई न्याय पाउन सहज हुने । साथै घर परिवारमा हुने गरेका घरेलु हिंसा तथा लैंगिक हिंसाका घटनामा पनि कमी आउने सहभागीहरुले बताएका छन् ।

समय समयमा सामाजिक ज्ञान तथा समाजमा हुने लैंगिक हिंसा,घरेलु हिंसा, साईवर क्राईम बिरुद्धको चेतनामुलक सवालमा बालबालिकामा ज्ञान दिन सके घर तथा समाजमा हुने अपराधिक गतिविधीबाट महिला तथा बालबालिकाहरु सजग रहन सक्ने भएकोले यस्ता विषयहरु हुने महत्वपुर्ण रहेको सहभागीहरुको भनाई रहेको छ ।

लैंगिक हिंसा बिरुद्धको अभियानबाट घर,परिवार तथा समुदायमा सचेतना जगाउने उदेस्यका साथ केन्द्रले ५ चरणको कार्यक्रम आयोजना गरिएको छ । केन्दैले यसै अभियानकै क्रममा मंसिर १५ दामगाडे स्थित नमुना महिला समुहको व्यवस्थापनमा एकदिने अभिमुखीकरण कार्यक्रम ,म।सिर १७ गते निलकण्ठ नगरपालिका बालमन्दिर आधारभुत विद्यालयमा,मंसिर २० गते निलकण्ठ नगरपालिका ३ स्थित सितलबजार महिला समुहमा र मंसिर २१ गते आज निलकण्ठ नगरपालिका १२ स्थित पशुपती महिला समुहमा सचेतनमुलक कार्यक्रम सम्पन्न गरी सकेको छ ।

पाँच चरणमा आयोजना गरिएको यस्तै सचेतनामुलक कार्यक्रम अनुसार मंसिर १५ मा निलकण्ठ १२ दामगाडे महिला समुहमा, मंसिर १७ गते आईतबार बालमन्दिर आधारभुत विद्यालयमा,मंसिर २०गते सितलबजार स्थित सितलबजार महिला समुहमा, मंसिर २१ गते निलकण्ठ नगरपालिका १२ पशुपती महिला समुह र मंसिर २५ गते निलकण्ठ ८ मुरलीभन्ज्याङ अमेरुवा स्थित महिला समुहमा कार्यक्रम गरिने भएको केन्द्रका कार्यकारी निर्देशक तथा महिला अधिकारकर्मी भगवती उप्रेती विवियुले जानकारी दिनु भयो ।

केन्द्रले समाजमा हुने लैंगिक हिंसा अन्त्य गर्नको लागी जिल्लाका गाउँपालिका , नगरपालिकाहरुमा महिला समुह र महिला सहकारी संस्था निर्माण गरी विगत २५ वर्षदेखी काम गर्दै आईरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस