आज:  | Thu, 02, May, 2024

उच्च अदालत पाटनले एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न अल्पकालीन आदेश

२२ मंसिर २०८०, शुक्रबार ०८:४४ मा प्रकाशित ( ४ महिना अघि) ३०७ पाठक संख्या
नारी बाटिका


काठमाडौैँ -२२ मंसिर ।

नेपालमा केही समयदेखी बिवादमा परेको एनसेलको शेयर बिक्री प्रकरणमा बिक्री भएको शेयर दर्ता नगर्न उच्च अदालत पाटनले बिहिबार आदेश दिएको छ । पछिल्लो समयमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयरमा बिवादित बनेपछी दर्ता नगर्नु नगराउनु भनी उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश गरेको हो ।

उच्च अदालतका न्यायाधीश पुरुषोत्तम प्रसाद ढकालको एकल इजलासले एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नुरनगराउनु भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा उक्त आदेश दिएको हो ।

उच्च अदालत पाटनले दिएको आदेशमा भनिएको छ, “मङ्सिर २५ गतेसम्मका लागि खरिद बिक्री भएका एनसेलका शेयरहरू दर्ता किताबमा दर्ता नगर्नु र नगराउनु भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१० (क) बमोजिम यो अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।”

यस्तै अदालतले उक्त विवादमा दुवै पक्षलाई छलफलका लागि यही मङ्सिर २५ गते बोलाएको छ । उक्त छलफलपछि अदालतले अन्तरकालीन अन्तरिम आदेशलाई जारी राख्ने वा अन्य आदेश जारी गर्ने भन्ने निर्णय समेत गर्नेछ ।

एनसेलमा ८० प्रतिशत मलेसियन कम्पनी आजियाटाले शेयर स्वामित्व रहेको रेनोल्ड होल्डिङ्सलाई नेपाली मूलका सति सलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेपछी नेपालमा यसको बिवाद चर्किएको हो ।

यस विषयले चर्को रुप लिएपछी केही विज्ञहरुले यसमा कतै नेपाल सरकारको पनि मिलेमतो रहेको छकी ? भन्ने आशंका समेत गरिरहेका छन् । साथै उक्त विषय सार्वजनिक भएपछि शेयर खरिद–बिक्रीको कारोबारलाई मान्यता नदिन गोकुलबहादुर रोकायाले माग गर्दै उच्च अदालत पाटमा रिट निवेदन दायर गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस