आज:  | Mon, 29, Apr, 2024

मङ्सिर २४ र २५ गते लाग्ने  बाला चतुर्दशी पर्वमा जथाभाबी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषको आग्रह

२२ मंसिर २०८०, शुक्रबार १७:१६ मा प्रकाशित ( ४ महिना अघि) ४९६ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २२ मंसिर।

आफ्ना पितृहहरुको नाममा वाला चतर्दर्शीका दिन शतबीज छरिने परम्परा अनुसार यस वर्ष मंसिर २४ मा परेको छ । साथै बाला चतुर्दशी पर्वमा जथाभाबी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषको आग्रह गरेको छ । पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि सुरु हुने बाला चतुर्दशी पर्वमा जथाभाबी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको हो ।

कोषले आउँदो सोमबार भत्तजनहरुले शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न लाई अनुरोध गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजकुमार खत्रीले राससलाई जानकारी दिनु भयो । उहाँका अनुसार कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षारोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न तथा बालबालिकाको साथमा परिचयपत्र राख्न आग्रह गरिएको छ ।

कोषले सुक्रबार एक सार्वजनिक सूचना प्रकाशित गरी कैलाशचौरमा पाल राखी बत्ती बाल्न नपाइने तर शतबीज भने छर्न पाइने जनाएको छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोष क्षेत्र, हंशमण्डप, चौर सहित वाग्मती नदीको खाली किनारामा व्यवस्था गरिएको जनाएको छ ।

पितृको स्मृतिमा बत्ती बाल्ने भक्तजनका लागि नेपाली सेना तथा पशुपति क्षेत्र विकास कोषको सहयोगमा निःशुल्क पालको व्यवस्था समेत गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनु भयो । उहाँका अनुसार आफैँ उपस्थित भई बत्ती बाल्न नसक्ने भक्तजनहरुका लागि कोषमा रु,२ हजार एक सय शुल्क बुझाएमा कोषले नै वत्ती बालिदिने व्यवस्था समेत मिलाइएको छ ।

त्यस्ता भक्तजनले पशुपति मन्दिरको पश्चिमतर्फको बाहिरी ढोकामा रहेको पशुपति क्षेत्र विकास कोषको बिक्री कक्षमा सम्पर्क राख्नुपर्ने कोषले जनाएको छ ।बाला चतुर्दशी पर्वलाई लक्षित गरी पशुपति मन्दिरको वरपरका क्षेत्रमा माछा, मासु, जाँड–रक्सी र अन्य नशालु पदार्थ सेवन आदीको बिक्री÷वितरणमा रोक लगाइएको छ ।

बालाचतुर्दशी पर्व आउँदो सोमबार अर्थात् यही मङ्सिर २४ गतेबाट सुरु हुँदैछ । आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने धार्मिक प्रचलन छ । पशुपतिनाथमा लाग्ने बालाचतुर्दशी मेलालाई मध्यनजर गर्दै गौशाला मित्रपार्क सडकबाट पूर्व, पशुपति क्षेत्रको पूर्व सिमाना तिर पनि माछामासु,मदिराजन्य बिक्रि बितरणमा रोक लगाएको छ ।

यसैगरी पश्चिम, गौशाला तिलगङ्गा चक्रपथबाट उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीबाट दक्षिणभित्रका सबै भागमा पनि यही मङ्सिर २७ गतेसम्म मासु तथा मदिरा उत्पादन, बिक्री, ओसार पसार, भण्डारण र मदिरा सेवनमा पूर्णरूपमा रोक लगाइएको कोषका सदस्य सचिव खत्रीले बताउनु भयो ।

उहाँले भन्नु भयो, “बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै हामीले जिल्ला प्रशासन कार्यालय मार्फत भगवान् पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचना प्रकाशित गरेका छौँ, उक्त सूचनाको बर्खिलाप हुनेगरी कुनै काम गर्ने गराउने गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने कोषले जनाएको छ ।”

यस्तै बालाचतुर्दशीमा स्वदेश तथा बिदेशबाट पशुपतिनाथ दर्शनमा आउने भक्तजनका लागि नेपाली सेना र पशुपति क्षेत्र विकास कोषले निःशुल्क (१३ हजार स्क्वाएर फिट) टेन्ट तथा पार्किङको व्यवस्था मिलाएको सदस्य सचिव खत्रीले बताउनु भयो । उहाँले भन्नुभयो, “बालाचतुर्दशी पर्व लाग्ने कैलाशडाँडा र कोर एरियालाई व्यवस्थित बनाइएको छ, भक्तजनलाई कुनै समस्या आउन दिइने छैन ।”

पशुपतिनाथमा यही मङ्सिर २४ र २५ गते लाग्ने बालाचतुर्दशी पर्वलाई सभ्य र भव्यताका साथ सफल पार्नका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा पशुपति क्षेत्र विकास कोषका सम्पूर्ण जनशक्ति खटिएको पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशक डा खतिवडाले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस