आज:  | Tue, 07, May, 2024

यदी कसैले साइबर मार्फत अपराधजन्य कार्य गरेमा अनलाईन मार्फत निवेदन(उजुरी) दर्ता गर्न सकिने

२२ मंसिर २०८०, शुक्रबार १९:४२ मा प्रकाशित ( ५ महिना अघि) ४८७ पाठक संख्या
नारी बाटिका


धादिङ २२ मंसिर ।

नेपाल प्रहरीद्वारा यदी आफुलाई कसैले साइबर मार्फत अपराधजन्य कार्य गरेको भएमा अनलाईन मार्फत निवेदन(उजुरी) दर्ता गर्न सकिने जानकारी गराएको छ ।  अनलाईन मार्फत निवेदन दर्ता गर्नको लागी तल दिएको

https://www.nepalpolice.gov.np/media/filer_public/e0/23/e0231f21-d6e5-4951-b7b5-fd841fbef6e7/application_format_cb.pdf    लिंकमा गई विवरण भर्न सकिने जनाएको छ । साथै निवेदनमा उल्लेख गर्नुपर्ने विवरण एवं कागजातहरूः –

१. पीडित र पीडकसँग सम्बन्धित URL ID Link
२. नेपाल सरकारबाट जारी व्यक्तिगत परिचयपत्र जस्तै (नागरिकता, राहदानी, सवारी चालक अनुमती पत्र) को प्रतिलिपी (दुवै तर्फको स्पष्ट बुझिने गरी)
यसैगरी बालबालिकाको हकमा
१.जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी
२.घटना सम्बन्धि माध्यम र सञ्जाल र छोटकरी विवरण
३. ढाँचा बमोजिम स्पष्ट बुझिने गरि फारम भरेर दस्तखत गरिएको निवेदन
४. घटनासँग सम्बन्धीत क्अचभभलकजयत हरू
. घटनासँग सम्बन्धीत अन्य विवरणहरू
माथी उल्लेखित विवरणहरू स्पष्ट रुपमा भरी यस साइवर ब्युरोको इमेलमा निवेदन पठाउन सकिने जनाएको छ । अथवा नजिकको जिल्ला प्रहरी कार्यालयमा गई निवेदन दिन पनि सकिने छ । साथै  ईमेल  र सम्पर्क ठेगाना यस प्रकार रहेको छ ।

साइबर ब्युरो, भोटाहिटी, काठमाडौँ
Email ID: [email protected]
सम्पर्क नम्बरः ०१ ५३१९०४४, ९८५१२८६७७०

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%२%

प्रतिक्रिया दिनुहोस