आज:  | Tue, 07, May, 2024

हिमालय गोरखा नेट प्रालिको नेपाल दूरसञ्चार प्राधिकरणदरा लाइसेन्स खारेज

२३ मंसिर २०८०, शनिबार १२:१८ मा प्रकाशित ( ५ महिना अघि) २४९ पाठक संख्या
नारी बाटिका


काठमाडौं २३ मंसिर ।

नेपाल दूरसञ्चार प्राधिकरणदरा हिमालय गोरखा नेट प्रालिको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको हो । प्राधिकरणबाट इन्टरनेट (ई–मेल सहित) सेवाको अनुमति लिएको हिमालय गोरखा नेट प्रालिको लाइसेन्स खारेज भएको हो ।

उक्त संस्थाले आफ्नो कम्पनीको अनुमतिपत्रको नवीकरण नगरेकाले दूरसञ्चार ऐन २०५३ अनुसार खारेज गरिएको प्राधिकरणले जनाएको छ । सो ऐनको दफा २५(५) मा प्राधिकरणसँग अनुमति लिएर सञ्चालित संस्थाले नियमित नवीकरण नगरेमा स्वतः उसले प्राप्त गरेको लाइसेन्स खारेज गर्ने प्रावधान छ ।

प्राधिकरणले हिमालयन गोरखा नेट प्रालि.लाई ३० दिनभित्र कार्यालयको अनुमतिपत्र व्यवस्थापन शाखामा सम्पर्क गरी तिर्न, बुझाउन बाँकी रकमको कारोबार गर्न निर्देशन दिएको छ । अन्यथा कारबाही प्रक्रिया अघि बढ्ने उसले प्रष्ट पारेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस