आज:  | Fri, 03, May, 2024

धादिङको गंगाजमुना गाउँपालिकामा जिल्ला प्रशासनबाट सेवाग्राहीहरुमा अभिमुखिकरण

२५ मंसिर २०८०, सोमबार ०८:१७ मा प्रकाशित ( ४ महिना अघि) २४० पाठक संख्या
नारी बाटिका


धादिङ २०८० मंसिर २५

धादिङको गंगाजमुना गाउँपालिकामा जिल्ला प्रशासन कार्यलयद्रारा सेवाग्राहीहरुमा अभिमुखिकरण सम्पन्न गरेको छ । आईतबार जिल्ला प्रशासन कार्यालय धादिङको आयोजना तथा गंगा जमुना गाउँपालिकाकाको ब्यवस्थापनमा नागरिकता सिफारिस लगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवाका बारेमा अन्तर्रक्रिया तथा अभिमुखीकरण कार्यक्रम संन्चालन गरिएको हो ।

यसैगरी कार्यक्रममा घटना दर्ता (पञ्जिकरण) सम्बन्धमा गंगा जमुना गाउँपालिका अन्तर्गतका वडाध्यक्ष, वडासचिव तथा पञ्जिकरण शाखामा कार्यरत कर्मचारीका लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

पछिल्लो समयमा मुलुकमा समयमा मुलुकमा सरकार फेरिए संगसंगै ऐन कानुन पनि परिमार्जन र्भईरहने र स्थानीय तहका कर्मचारीहरु पनि छोटो समयमा एक ठाउँबाट अर्को ठाउँमा सरुवा भई सम्वन्धित शाखाका कमैचारी फेर वदल भैइरहने कारणले पनि सहज रुपमा कार्य सम्पादनमा केही समस्या आउने गरेको थियो ।

छिटो छरितो र सेवाग्राहीहरुमा प्रवाह गरिने सेवका बारेमा सम्वन्धित क्षेत्रमा कार्यक्रम संन्चालन गर्नाले यस कार्यक्रमबाट सेवा प्रवाहका सम्बन्धमा स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिमा रहेको द्विविधा, अन्यौलता र अस्पष्टताको अन्त्य भई स्पष्टता, एकरूपता र सहजता हुने अपेक्षा गरिएको जिल्ला प्रशासन कार्यलयले गरेकोछ ।

गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस