आज:  | Wed, 30, Apr, 2025

धादिङको गल्छी गॉउपालिकामा २ साता अघिदेखि लागेको ताला मंगलबार खुल्यो

२७ मंसिर २०८०, बुधबार ०८:२३ मा प्रकाशित ( १ साल अघि) २५११ पटक पढिएको
नारी बाटिका


धादिङ २७ मंसिर ।

धादिङको गल्छी गॉउपालिकामा २ साता अघिदेखि लागेको ताला मंगलबार खुलेको छ । प्रमुख प्रशासकिय अधिकृतको विषयलाई लिएर बिवाद चर्किएको गल्छी गॉउ पालिकामा २ साता अगाडीदेखि लागेको ताला दुई पक्षबिच सहमती भई मंगलबार खुलेको छ । प्रमुख प्रशासकिय अधिकृतको विषयलाई लिएर उपाध्यक्ष भाईकाजी तिवारीको नेतृत्वमा लगाईएको ताला १० बुँदे सहमतीपछि खुलेको हो ।

सोही पालिकाकै उपाध्यक्ष तिवारीको नेतृत्वमा लगाईको ताला खुलाउने पक्षमा संवाद भैईरहता पनि दुईपक्षबिच कुरा नमिलेपछी २ सातासम्म गाउँपालिका कर्मचारी प्रमुखको कार्य कक्षबाट जनतालाई प्रदान गरिने सेवा ठप्प भएको थियो ।

शोमबार असन्तुष्ट पक्ष र गाउँपालिका अध्यक्ष विच कार्यपालिकाको बैठक नियमित बस्ने,कार्यपालिकाको बैठकको प्रतावहरु बैठक बस्नु ३ दिन अगाडीनै कार्यपालिकाको सदस्यहरुलाई जानकारी दिने, कार्यपालिकाको बैठक प्रत्यक्ष प्रशारण गर्ने, राजस्व संकलन चुहावट तथा बालुवा खानीहरुलाई अनुगमन गरि ७ दिन भित्र कार्यान्वयन गर्ने विषयमा सहमती भएको छ ।

यसैगरी पौष महिनाको पहिलो हप्ता भित्र नागरिक भेला बोलाई रायसंकलन गरी सामुदायिक शिक्षा सुधार गर्न दरबन्दी मिलान गरिने, । गाँउपालिकाको कर्मचारीहरुको योग्यता अनुसार जिम्मेवारी प्रदान गरिने, भाडॉमा बस्दै आएको गॉउपालिकाको सार्न बाँँकी शाखाकार्यालयहरु गल्छी ६ महेश दोभानमा सारिने, स्वास्थ्य शाखाको बेथिति अन्त्य गरिने विषयमा सहमत भएको छ ।

साथै नगर विकास समितिको बैठक एक हप्ता भित्र बोलाईने, गोगन पानी माबिको समस्या शोमबारबाटै शिक्षा शाखाबाट समाधान गरिने लगायतका विषयमा सहमती जुटेको हो ।

मंसिर ६ गते हाजिर भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत नरवहादुर विक मंन्त्रालयले उक्त गाउँपालिकामा खटाएको भन्दै हाँजिर हुन आएपछी पालिकामा प्रमुख प्रशासकीय अधिकृत नेत्रमणी न्यौपाने हुँदाहुदै के कारणले आएको भन्दै गाउँपालिकाका उपाध्यक्ष भाईकाजी तिवारीको नेतृत्वमा ताला बन्दी गरिएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस