आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

निर्बाचन आयोगद्धारा दलहरूलाई चुनाव चिह्न प्रदान गरी क्रम निर्धारण

२०८० पौष १, आईतबार मा प्रकाशित ( २ साल अघि) १०७०९ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ०१ पुस ।

निर्बाचन आयोगद्धारा दलहरूलाई चुनाव चिह्न प्रदान गरी क्रम निर्धारण गरिएको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता भएका १२ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गर्दै क्रम निर्धारण गरिएको हो ।

गएको वर्ष २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली तर्फ दलहरुले प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी आईतबार निर्वाचन चिह्न प्रदान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनु भयो ।

सो क्रम अनुसार पहिलो नम्बरमा नेकपा एमालेको सूर्य, दोस्रोमा नेपाली कांग्रेसको रुख, तेस्रोमा नेकपा माओवादी केन्द्रको गोलाकार भित्रको हँसिया हथौडा र चौथोमा राप्रपाको हलो चिह्न रहेका छन् ।

यस्तै जसपाको ढल्केको छाता, जनमत पार्टीको लाउड स्पिकर, नेकपा एकीकृत समाजवादीको कलम, नागरिक उन्मुक्ति पार्टीको पिँध भएको ढकिया, लोकतान्त्रिक समाजवादी पार्टीको साइकल, नेपाल मजदुर किसान पार्टीको मादल, जनमोर्चाको गिलास र नेपाल समाजवादी पार्टीको खुलेको एक आँखा निर्वाचन चिह्न रहेका छन् ।

आयोगमा दल दर्ता भएका १२ राजनीतिक दलहरूलाई निर्वाचन चिह्न प्रदान गरेसँगै पुष ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशन गरिने आयोगले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस