
नारी बाटिका
भगवती बिबियु
नारी वाटिका संवादवाता
धादिङ २ पुस ।
नेपाली काँग्रेसका पार्टी उपसभापती एव् कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले धादिङका नेता तथा कार्यकर्ताहरु संग भेटघाट गर्नु भएको छ । उहाँ धादिङको ज्वालामुखी गाउँपालिकामा शनिबारदेखी सुरु भएको पालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रुपमा शोमबार धादिङबेशी आउनु भएको हो ।
नेता तथा कार्यकर्ताबिचको कुराकानी क्रममा उहाँले अहिलेको सरकारले काम गर्न सकेन भन्ने कुरामा सत्तेता नभएको बताउनु भएको छ । नेता गुरुङ्गले धादिङ जिल्लाका नेपाली काँग्रेसका पार्टी नेता तथा जिल्ला कार्यकर्ताहरुबिच भेटघाट गर्नु भएको थियो ।
नेपाली काँग्रेस धादिङ स्तिथ विपी स्मृती भवन पार्टी कार्यलयमा भएको भेटघाट कार्यक्रमको अवशरमा यो कुरा बताउनु भएको हो ।
कानून न्याय तथा संसदीय मामिला मन्त्रि तथा उपसभापति गुरुङ भेटघाटका क्रममा वर्तमान सरकारले मुलुकमा राम्रो काम गर्न सकेन भन्ने कुरा केबल जनतामा भम मात्रै छर्न खोजिएको बताउन भएको हो । यसैगरी यतिबेला मुलुकको अर्थतन्त्रमा पनि क्रमिक सुधार हुंदै गएको बताउनु भएको छ ।








प्रतिक्रिया दिनुहोस