आज:  | Tue, 30, Apr, 2024

केन्द्रमा साइबर आक्रमणको प्रयासका कारण तीन हजार ५०० सरकारी वेबसाइटमा एकैपटक समस्यामा

१७ पुष २०८०, मंगलवार ०८:२८ मा प्रकाशित ( ३ महिना अघि) २६९ पाठक संख्या
नारी बाटिका


काठमाडौं १७ पुस ।

दुई दिनदेखी सर्भर र वेबसाइटमा समस्या आएको छ । केन्द्रमा साइबर आक्रमणको प्रयासका कारण यति धेरै सर्भरमा एकै पटक समस्या आएको जनाईएको छ । सरकारको एक मात्र डाटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सञ्चालनमा रहेका करिब तीन हजार ५०० वेबसाइटका सर्भरहरुमा एकैपटक समस्या आएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायतका केन्द्रबाट सञ्चालनमा रहेका सबै सरकारी वेबसाइटमा आइतबार र सोमबारनिकै समस्या देखाउँदा सेवाग्राही समस्यामा परेका छन् । सर्भरको समस्याको बारेमा मंगलबारको गोरखापत्र दैनिकमा समाचार भएको छ ।

केन्द्रमा साइबर आक्रमणको प्रयास भएको र ह्याकरले केन्द्रको सर्भरमा एकै पटक धेरै ट्राफिक पठाएकाले यस्तो समस्या आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलले बताएका छन्। ‘सर्भरमा डोमेन नेम सिस्टम (डीएनएस) भन्ने हुन्छ । त्यसमा समस्या आउँदा डीएनएस अवरुद्ध भयो । त्यसो गर्दा सेन्टरको सेवा अवरुद्ध भएको हो’, उहाँको भनाई छ ।

साईबर ह्याकरले भीपीएन प्रयोग गर्ने भएकाले आक्रमण कहाँबाट भयो भन्न नसकिने र सो कुरा महत्वपूर्ण पनि नभएको बताएका हुन्। ‘सर्भरमा आक्रमण नहुने भन्ने हुँदैन। साइबर आक्रमण जस्तोसुकै सुरक्षित सर्भरमा पनि हुनसक्छ। जोखिम कम गर्न डाटा सेन्टरको प्रविधि र जनशक्तिमा पर्याप्त लगानी बढाउनु पर्छ’, पौडेलले बताउनु भयो ।

यस्तो समस्या आउन नदिन जगेडा सर्भर (मिरर सर्भर) राख्नु पर्छ तर त्यस्तो सर्भर नहुँदा सरकारी वेबसाइटहरू असुरक्षित भएका हुन्। ‘एक ठाउँको ‘सर्भर डाउन’ भएमा अर्को स्थानमा रहेको जगेडा सर्भर सञ्चालन गर्ने विषयमा हामी चुकेका छौँ । यस्तो अवस्थामा सेवा अवरुद्ध हुन नदिन दुई–तीन ठाउँमा डाटा सेन्टर राख्नु पर्ने अबस्था रहन्छ भन्नु भयो ।

साईबर सुरक्षा विद्का अनुसार भूकम्प वा अन्य प्राकृतिक विपत् हुँदा समस्या नहोस् भनेर त्यस्तो सर्भर बेग्लै भौगोलिक स्थान र दूरीमा राख्नु पर्छ तर त्यसका लागि बजेट अभाव छ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार सरकारका वेबसाइट रियल टाइम चौबिसै घण्टा निगरानी गर्ने सिस्टममा बस्ने सर्भिलेन्स टिमले आइतबार समयमै साइबर आक्रमणको प्रयास भइरहेको भन्ने जानकारी पाएको बताएका छन् ।

सर्भर डाउनको समस्या समाधान गर्न प्राविधिक टोलीले पहल गरिरहेका छन् । यसो हुनुको कारण पहिचान पनि भएको छ । यो समस्या केही समयमा समाधान हुन्छ । काठमाडौँको सर्भर हेटौँडामा रियल टाइममा मिररिङ हुनु पर्छ। यसतर्फ हामी छिट्टै लाग्छौँ’, सुचना प्राविधिक मन्त्रालयको भनाई छ ।

साइबर सुरक्षा विद्का अनुसार सर्भरको सुरक्षाका लागि फाइयरवाल, डिडस डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस अट्याक) सुरक्षा सेवाका साथै विभिन्न सुरक्षा कवच सेवा विश्वासिलो कम्पनीबाट लिनुपर्ने बताएका छन् ।

बारम्बार साइबर आक्रमणबाट केन्द्रको सर्भर डाउन हुनु भनेको राम्रो नभएको र उपयुक्त सुरक्षा प्रणालीका साथै दक्ष प्राविधिक विज्ञ राख्न सुझाव दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस