आज:  | Sun, 05, May, 2024

भारतका विदेशमन्त्री डा.सुब्रह्मण्यम आज नेपाल आउँदै

१९ पुष २०८०, बिहीबार ०८:०० मा प्रकाशित ( ४ महिना अघि) २२० पाठक संख्या
नारी बाटिका


काठमाडौँ १९ पुस ।

भारतका विदेशमन्त्री डा.सुब्रह्मण्यम जयशङ्कर आज नेपाल आउँदै हुनुहुन्छ । बिहिबार नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्कर आज नेपाल आउँन लाग्नु भएको हो । नेपालको लागी यो उहाँको दोस्रो पटकको भ्रमण हो । यसअघि उहाँ विदेशमन्त्रीमा नियुक्त भएलगत्तै सन् २०१९ मा नेपाल भ्रमणमा आउनु भएको थियो ।

अहिले बिहान उहाँ काठमाडौँ आईपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री नारायण प्रकाश (एम्पी)साउद र भारतका विदेशमन्त्रीको नेतृत्वमा दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहित संयुक्त आयोगको बैठक आयोजना हुँदै छ । भारतका विदेशमन्त्री जयशङ्करले नेपाल भ्रमणको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी उहाँले परराष्ट्रमन्त्री एम्पी साउदसँग पनि छुट्टै द्विपक्षीय भेटवार्ता गर्दै दुई देशको परराष्ट्र सम्बन्ध र सरकारको अबधारणा आदान प्रदान बारे छलफल गर्नुहुने भएकोछ । सोही क्रममा संयुक्त आयोगको बैठकमा गरिने कार्यसूचीबारे उहाँहरूले आफ्ना धारणा आदानप्रदान गर्नुहुने मन्त्रालयले जनाएको छ । मन्त्री साउदले भारतका विदेशमन्त्री सहित सम्पूर्ण प्रतिनिधिमण्डलका लागि रात्रिभोजको आयोजना गर्नु भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध आयामका साथै विकास साझेदारीको समीक्षा पनि गरिने छ । प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाका अनुसार यो बैठकमा दुई देशबिच विद्युत् व्यापारका सवालमा छलफल हुनेछ ।

साथै दुईदेशीय तथा बङ्गलादेशसँग हुने समझदारीका लागि त्रिदेशीय समझदारीमा महत्त्वपूर्ण सहमति हुने छ । उहाँका अनुसार नेपालले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने दीर्घकालीन परियोजनामा सम्झौता हुने छ ।

यस्तै संयुक्त आयोगको बैठकमा द्विपक्षीय र क्षेत्रीय सहकार्यका विषयमा सहमति र समीक्षा गरिएता पनि दिर्घकालिन सहमती नहुने विषयमा भने नेपालले जोड दिन नहुने पूर्वराजदूत दिनेश भट्टराईले बताउनु भयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस