आज:  | Mon, 06, May, 2024

सर्लाईमा भएको झपडमा प्रहरीको गोली लागेर शाहको मृत्यु भएपछी अबस्था तनाबपुर्ण र जिल्ला सुरक्षा समितिको बैठक

२१ पुष २०८०, शनिबार ०८:३६ मा प्रकाशित ( ४ महिना अघि) ४६० पाठक संख्या
नारी बाटिका


काठमाडौं २१ पुस ।

सर्लाईमा भएको झपडमा प्रहरीको गोली लागेर शाहको मृत्यु भएपछी अबस्था तनाबपुर्ण र कर्फ्यूबारे निर्णय लिन सुरक्षा समितिको बैठक बसिरहेको छ ।  हिजो सर्लाईमा भएको झपडमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछी उक्त क्षेत्र तनाब ग्रस्त अबस्थामा छ ।

शुक्रबार दिउँसो नगर अस्पताल स्तरोन्नतीका लागि प्रदेश सरकारलाई हस्तान्तरणको माग गर्दै भएको प्रदर्शनको क्रमले उग्र रुप लिएपछि झडप हुंदा प्रहरीले गोली चलाएको थियो। गोली लागेर साहको मृत्यु भएको थियो । साथै प्रदर्शनका क्रममा भएको झडपमा ८ प्रहरी सहित १० जना घाइते भएका छन् ।

उक्त झपडमा घाईते भएका एक प्रहरी नायब निरीक्षकको अवस्था पनि गम्भीर रहेको छ। थप उपचारका लागि उहाँलाई वीरगञ्ज अस्पताल पठाएको प्रहरीले जनाएको छ। अरु घाइते भएकाहरु स्थानीय अस्पतालमा उपचार गराई डिस्चार्ज भएका छन् ।

सुक्रबार देखी स्थिति तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले हिजो साँझ साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि कर्फ्यू लगाइएको थियो। कर्फ्यूलाई निरन्तरता दिने कि हटाउने भन्ने विषयमा निर्णय गर्न अहिले जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

तस्वीर स्रोत : अनलाईन खबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%३%१%

प्रतिक्रिया दिनुहोस