
नारी बाटिका
काठमाडौं २८ पुस ।
हाल नेपालमा उल्लेखनीय रुपमा मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज तराईका अधिकांश स्थानमा अहिले बिहान हुस्सु र कुहिरो लागेको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भु भागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहने जनाएको छ।।
त्यस्तै आज राती गण्डकी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस