
नारी बाटिका
काठमाडौं ५ माघ ।
आज देशको दुई प्रदेशमा वर्षाको सम्भावना रहेको छ भने केही स्थानमा हिमपात हेनेछ । सुक्रबार पहाडी भेगका केही क्षेत्रमा आंशिक बदली छ। अहिले विहानको समयमा तराईका एकदुई स्थानमा हुस्सु र कुहिरो लागी रहेको छ।
साथै आज दिउँसोको समयमा कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ ।कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।
राति देशका पहाडी भूभागमा आंशिक रही बाँकी भागको मौसम सफा रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा सामान्य हिमपातको सम्भावना छ।







प्रतिक्रिया दिनुहोस