
नारी बाटिका

भगवती बिबियु
नारी बाटिका संवाददाता
धादिङ ८ माघ ।
धादिङको नीलकण्ठ नगरपालिका ४ स्थित अधिकारी गाउँको एक रातमा दुई घरमा चोरी भएपछी स्थानीय वाशीद्वारा सुरक्षाको लागी नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ४ अधिकारी गाउँमा एकै रातमा दुई घरमा चोरी भएको भन्दै नगरपालिकाको सडकमा सडक बत्ती र सिसि क्यामेरा जडानको माग गर्दै वडका नागरिकले नगरपालिकामा अनुरोध गरेका हुन् ।
पछिल्लो समयमा राति गाउँमा चोरी हुन थालेपछी सुरक्षाका प्रविधी जडानको लागी माग राख्न नागरिकहरु नगरपालिका आएका थिए। स्थानीयवाशीका माग अनुसार नगरपालिका र उपभोक्ता समितिको साझेदारिमा तत्काल सडक बत्ती र सिसि क्यामेरा जडान गर्नको लागि सहयोग गर्ने नगर प्रमुख भीम प्रसाद ढुंगानाले प्रतिबद्धता व्यक्त गर्नु भएको छ।








प्रतिक्रिया दिनुहोस