
नारी बाटिका
काठमाडौँ १७ माघ।
सरकारले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम जलविद्युत क्षेत्रमा लगानी गर्ने भएको छ । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित रहेरसामाजिक सुरक्षा योजना अन्तरगत योगदानकर्ताले जम्मा गरेको रकमलाई कोष र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)बिच मंगलबार सम्झौता भई जलविद्युत क्षेत्रमा लगानी गर्ने कार्यको सुरुवात गरेको हो ।
मंगलबार ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका ऊर्जा सचिव गोपालप्रसाद सिग्देलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र एचआईडीसीएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्जुनप्रसाद गौतमबिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
दुवै पक्षको आ(आफ्नो प्रचलित नीति, नियम तथा निर्णयको अधीनमा रहेर जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण तथा वितरणसँग सम्बन्धित आयोजनामा सह(वित्तीयकरणमा सहभागी भई ऋण लगानी गर्ने र अन्य साझेदारी गर्ने विषय उल्लेख गरिएको कोषले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस